मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशकको जिम्मेबारी रीता जोशीलाई

काठमाडौँ, २ कात्तिक – मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशकको जिम्मेबारी रीता जोशीले प्राप्त गरेकी छन् । दुई महिना अघि एघारौँ तहमा बढुवा भएकी पव्लिक हेल्थ समूहकी जोशीलाई सोमबारको स्वास्थ्यमन्त्रीस्तरीय बैठकले मध्यपश्चिमको निर्देशक बनाउने निर्णय गरेको हो ।
यसअघि गत महिना मात्रै जोशीलाई मन्त्रालयले कैलाली जनस्वास्थ्य प्रमुखको रुपमा पदस्थापन गरेको थियो । मध्यपश्चिमका नि निर्देशक भोगेन्द्र डोटेल जिल्ला जनस्वास्थ्य कार्यलय काठमाडौँमा सरुवा भएपछि रिक्त बनेको मध्यपश्चिमले पहिलोपटक महिला निर्देशक पाएको छ ।
काठमाडौँ आएका डोटेल अहिले भने मन्त्रालयको नीति योजना महाशाखामा सरुवा भइसकेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



