जुम्लाका २०७ वटा कुकुरले पाए ‘एन्टी-रेबिज भ्याक्सिन’

56
Shares

dog-vaccination

जुम्ला, १५ असोज – जिल्ला पशुसेवा कार्यालयले यहाँका २०७ घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको छ ।

सिंजा क्षेत्रका करीब ५ सय पाल्तु कुकुरमा रेबिजको शङ्कास्पद लक्षण देखिएपछि कार्यालयले तत्काल ‘एन्टी रेबिज भ्याक्सिन’ लगाउन सूचना प्रवाह गरेको थियो । सोही अनुसार २०७ कुकुरपालकले आफ्ना कुकरलाई खोप लगाएको कार्यालयका सूचना अधिकारी गोविन्दबहादुर महतले जानकारी दिए ।
“हामीसँग पाँच सय एन्टी रेबिज भ्याक्सिन थियो, निःशुल्क खोप कार्यक्रम सञ्चालन गरेका थियौँ तर पनि भने अनुसार सेवा लिन नआउँदा २९३ सुई बाँकी नै रह्यो,” महतले भने

घरेलु कुकुरमा लाग्ने रेबिजका कारण भोलिका दिनमा समस्या नआओस् भन्ने सावधानी अपनाएर खोप लगाइएको उनको भनाई छ । महतका अनुसार २६ गाविसमध्ये ११ गाविसका बासिन्दाले कुकुरलाई रेबिजविरुद्धको खोप लगाएका थिए ।
वर्षको एक पटक कुकुरलाई रेबिजविरुद्धको सुई लगाउनुपर्ने वार्षिक कार्यक्रम र आवश्यकतानुसार अन्य बेलामा लगाइने कार्यालयले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *