मेडिकल शिक्षामा आरक्षण लागू गर्ने आइओएमको निर्णयको बिरोध

548
Shares

iom-office-TUकाठमाडौँ, २८ भदौ – नेपाल मेडिकल स्टुडेन्ट सोसाईटीले मेडिकल शिक्षामा आरक्षण लागू गर्ने चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको निर्णयको विरोध गरेको छ ।

आइओएमले यसै शैक्षिक सत्र देखि मेडिकल शिक्षामा समानुपातिक समावेशी कोटामा अध्ययनको व्यवस्था मिलाउने गरि प्रवेश परीक्षाको नतिजा प्रकाशित गर्ने भन्दै चारवटा विद्यार्थी समुहसंग सम्झौता गरेको थियो ।

सोसाइटीका अध्यक्ष डा सागर पोखरेलद्धारा मंगलबार जारी विज्ञप्तीमा कसैको दवाव र स्वार्थमा आइओएमका पदाधिकारीले हस्ताक्षर गरेको भन्दै यसलाई फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘यो निर्णय फिर्ता नलिए , नतिजा रोक्ने , भर्ना रोक्ने तथा क्याम्पसमा तालाबन्दी गर्ने सम्ममा कामहरु गर्नेछौ र यसको जिम्मेबारी स्वयं डिन कार्यालयले लिनुपर्नेछ ।’

गत ८ भदौमा मेडिकल शिक्षामा समानुपातिक समावेशी कोटा लागू गर्न पठाए पछि डिन प्राडा विमल सिन्हा, सहायक डीन सरद वन्त, समानुपातिक समावेशी सीट निर्धारण समितिका संयोजक प्राडा परशुराम मिश्रले मधेशी विद्यार्थी फोरम लोकतान्त्रिक , नेविसंघ, आइओएम मधेशी विद्यार्थी समाज,आदिवासी जनजाती विद्यार्थी महासंघबीच हस्ताक्षर गरेका थिए ।

sahamti1

sahamati

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *