चिकित्सक संघको निर्वाचन उपत्यका बाहिर सम्पन्न, १ हजार ३६६ भोट खस्यो (कहाँ-कति ?)

0
Shares

nma nepalgung vote

काठमाडौँ, १८ भदौ – नेपाल चिकित्सक संघको नयाँ नेतृत्व (२०७२ – ०७५ कार्यकाल) का लागि भएको उपत्यका बाहिर १५ स्थानमा भएको दुई दिने मतदान सम्पन्न भएको छ ।

हिजो र आज भएको निर्वाचन प्रक्रियामा उपत्यका बाहिरका १५ वटा मतदान केन्द्रबाट कुल १ हजार ३६६ भोट खसेको छ ।

उपत्यकामा भने आगामी २१ देखी २५ भदौसम्म मतदान हुने छ । प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर रानाले विराटनगर केन्द्र बाहेक अन्यस्थानबाट मतपेटिका काठमाडौँ आई नसकेको बताए । उनले भोलीबाट नै जिल्लाका मतपेटिका काठमाडौँ ल्याई सुरक्षीत रुपमा राखी उपत्यकाको निर्वाचन सकिएपछि एकैपटक मतगणना गर्ने बताए ।

नेपाल चिकित्सक संघले उपत्यकाका सदस्यलाई उपत्यका बाहिरको निर्वाचनमा गएर मत दिन सक्ने समेत व्यवस्था गरेको थियो । त्यसका लागि मतदाताले निवेदन दिनुपर्ने व्यवस्था मिलाएको थियो । त्यसकारण पनि कतिपय जिल्लाका मतदाता भन्दा केही बढी भोट खसेको बुझिएको छ ।

मतदान कहाँ कति ?

vote total copy

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *