स्वास्थ्यमा तीन जना नयाँ उपसचिव भित्रिए, चार बाहिरिए

काठमाडौँ, २१ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ४४ जना उपसचिवको एकैपटक जिम्मेवारी फेरबदल गरेको छ ।
केहीलाई सरुवा र केहीलाई कामकाजमा पठाएर जिम्मेवारी हुँदा स्वास्थ्यमा तीन जना उपसचिव भित्रिएका छन् । तर मन्त्रालय र मातहतका निकायबाट बाहिरिनेको संख्या चार रहेको छ ।
सामान्यका अनुसार अध्यागमन विभागमा कार्यरत टेककुमार रेग्मी सरुवा भएर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय आएका छन् ।
यस्तै जिल्ला प्रशासन कार्यालय बर्दियामा कार्यरत अशोककुमार भण्डारी पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा भएका छन् ।
यसैगरी जिल्ला समन्वय समितिको कार्यालय कन्चनपुरमा उपसचिव रहेका खेमराज काफ्ले पनि सरुवा भई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भित्रिएका छन् ।
यता स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा उपसचिव रहेका हरि पंगेनीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौँमा रहेका प्रेमकाजी महर्जनको भुमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)मा सरुवा भएको छ ।
उता स्वास्थ्य सेवा विभाग टेकुमा कार्यरत उपसचिव प्रकाश देवकोटाको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय काठमाडौँमा सरुवा भएको छ ।
यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा उपसचिवको रुपमा कार्यरत केशव पौडेलको कृषि बन तथा पर्यावरण मन्त्रालयमा सिंहदरबारमा सरुवा भएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 


