रहिनन् भारतीय गायिका आशा भोसले

36
Shares

काठमाडौँ, २९ चैत ।  प्रख्यात बलिउड प्लेब्याक गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।

आइतबार दिउँसो मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उनले अन्तिम सास लिइन्। उनलाई हृदयाघात (कार्डियाक अरेस्ट) र फोक्सोसम्बन्धी समस्या देखिएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो ।

भोसले चर्चित रंगमञ्च कलाकार तथा शास्त्रीय गायक दीनानाथ मंगेशकरकी छोरी र महान गायिका लता मंगेशकरकी कान्छी बहिनी हुन्।

भोसलेले १२००० बढी गीतमा स्वर दिएकी छन् । त्यस्तै उनले २० भाषामा १२ हजार गीत पनि गाएकी छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *