बलिउडकी प्रख्यात प्लेब्याक सिंगर आशा भोसलेलाई हृदयघात

96
Shares

एजेन्सी । प्रख्यात बलिउड प्लेब्याक गायिका आशा भोसले अस्वस्थ भएकी छन् । उनलाई उनलाई शनिबार मुम्बईस्थित ब्रिजक्याण्डी अस्पतालमा भर्ना गरिएको छ।

पीटीआईका अनुसार ९२ वर्षीया गायिकालाई हृदयाघात (कार्डियाक अरेस्ट) र फोक्सोसम्बन्धी समस्याका देखिएपछि अस्पतालमा भर्ना गरिएको हो ।

उनलाई सो अस्पतालको इमरजेन्सी केयर युनिटको आईसीयूमा राखेर उपचार सुरु गरिएको छ । अवस्थ भएपछि परिवारका सदस्यहरु अस्पतालमा उनी संगै रहेको बताइएको छ ।

गीत संगीत र चलचित्र क्षेत्रका सुभेच्छुकले उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्न थालिसकेका छन् । भोसलेले १२००० बढी गीतमा स्वर दिएकी छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *