अफगानिस्तानमा २०२६ को पहिलो पोलियो खोप अभियान सुरु

40
Shares

एजेन्सी, १९ माघ । अफगानिस्तानले सोमबार दखि २०२६ को पहिलो पोलियो खोप अभियान सुरु गरेको छ ।

अभियानले पाँच वर्ष मुनिका ७३ लाख बच्चाहरूलाई पोलियो भाइरसबाट जोगाउने लक्ष्य राखेको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमबार देखि बिहीबार सम्म जारी चार दिने अभियान अन्तर्गत देशका ३४ वटा प्रदेश मध्ये १८ वटा प्रान्तका बालबालिकामा पोलियो खोप लगाउने मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखिलले बताएका छन ।

अभियानको सफलता सुनिश्चित गर्न आदिवासी अग्रज, धार्मिक विद्वान र अभिभावकलाई स्वास्थ्य कार्यकर्तासँग पूर्ण सहयोग गर्न अमरखिलले आह्वान गरे ।

सन् २०२६ मा अहिलेसम्म पोलियोको कुनै घटना दर्ता भएको छैन । यद्यपि, द्वन्द्व पिडित राज्यमा पोलियो रोग उन्मूलन गर्न जारी सरकारी प्रयासहरूको बाबजुद सन् २०२५ मा अफगानिस्तानमा कम्तिमा नौ वटा घटनाहरूको पुष्टि भएको थियो ।

अफगानिस्तान र छिमेकी पाकिस्तानमा जङ्गली पोलियो भाइरस सङ्क्रमण अझै उन्मूलन हुन नसकेको जनाइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *