संयुक्त राज्य अमेरिकामा दादुराको प्रकोप, बालबालिका बढी प्रभावित

72
Shares

लस एन्जलस, १८ पुस । संयुक्त राज्य अमेरिकामा सन् २०२५ मा दुई हजारभन्दा बढी दादुराका घटना दर्ता भएका छन्, जुन सन् १९९२ पछि सबैभन्दा धेरै वार्षिक सङ्ख्या हो ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कअनुसार डिसेम्बर ३० सम्म देशभर कुल दुई हजार ६५ पुष्टि भएका दादुराका केस देखिएका छन् ।

तीमध्ये करिब ११ प्रतिशत बिरामीलाई अस्पताल भर्ना गर्नुपरेको थियो । दादुराका केस ४४ वटा क्षेत्रमा फैलिएका थिए, साथै केही अन्तर्राष्ट्रिय आगन्तुकमा पनि सङ्क्रमण देखिएको थियो ।

सन् २०२५ मा ४९ वटा दादुराका प्रकोप पहिचान गरिएको थियो, जसबाट कुल घटनाको ८८ प्रतिशत हिस्सा आएको थियो ।

पाँचदेखि उन्नाइस वर्ष उमेर समूहका बालबालिका र किशोर सबैभन्दा बढी प्रभावित भएका छन्, जसले करिब ४२ प्रतिशत केस ओगटेका छन् ।

यस अवधिमा दादुराका कारण तीन जनाको मृत्यु पनि पुष्टि भएको छ । सन् २००० मा संयुक्त राज्य अमेरिकामा दादुरा निर्मूल भएको घोषणा गरिएको थियो ।

तर पछिल्लो समय बढ्दो प्रकोपका कारण विशेषज्ञले अमेरिका आफ्नो निर्मूलस्थिति गुमाउन सक्ने चेतावनी दिएका छन् ।

छिमेकी देश क्यानडाले सन् २०२५ को नोभेम्बरमा दादुरा निर्मूलस्थिति गुमाइसकेको छ, जसले अमेरिकामा पनि चिन्ता बढाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *