नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अनलाइन सेवा अवरुद्ध

0
Shares

काठमाडौँ, ११ कात्तिक । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अनलाइन सेवा अवरुद्ध भएको छ । देशव्यापी रुपमा देखिएको प्राविधिक समस्याका कारण विगत ४-५ दिन देखि अनलाइन सेवा अवरुद्ध भएको परिषद्ले जनाएको छ ।

परिषद्का रजिष्ट्रार रमेशकुमार श्रेष्ठले आज सूचना जारी गर्दै सर्भर रहेको एकीकृत डाटा व्यवस्थापन केन्द्र राष्ट्रिय सूचना प्रविधि केन्द्र सिंहदरबारसंगको सहकार्यमा मर्मत सम्भारको काम भइरहेको बताएका छन् ।

उनले अनलाइन अवरुद्ध हुँदा सेवाग्राहीलाई पर्न गएको असुविधा प्रति समेत दुख व्यक्त गर्दै चाँडै नै सेवा सूचारु गर्ने गरी काम भइरहेको बताएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *