लोकसेवाको विज्ञापन : स्वास्थ्य तर्फ सातौं र आठौँ तहका ३९ सहित १७० जना स्थायी हुने अवसर

300
Shares

काठमाडौँ, २६ कात्तिक । लोक सेवा आयोगले स्वास्थ्य तर्फ सातौं र आठौँ तहका ३९ सहित १७० जना कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुलाएको छ।

आयोगले बुधबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै निजामतितर्फ प्राविधिकको राजपत्रांकित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौं र सातौं तहका पदहरूका लागि आवेदन खुलाएको हो।

ती पदहरूका लागि आगामी मंसिर १६ गतेसम्म आवेदन दिन सकिनेछ।

दोब्बर दस्तुर तिरेर मंसिर २३ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ।

आवेदन फाराम आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट भर्न सकिन्छ।

आवेदन दस्तुर प्रत्येक विज्ञापनका लागि १ हजार २०० सय र एकै पदका लागि समावेशीतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा प्रत्येकका लागि थप ४ सय रूपैयाँ जनाएको छ ।

हेर्नुहोस विज्ञापन :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *