प्रधानमन्त्री राहत कोषमा आयुर्वेद औषधि व्यवसायी संघद्वारा २ लाख ५ हजार रुपैयाँ हस्तान्तरण

36
Shares

काठमाडौँ, ३० असोज । नेपाल आयुर्वेद औषधि व्यवसायी संघले भोटेकोशी बाढी प्रभावित समुदायका लागि संकलन गरेको २ लाख ५ हजार ८ सय ९२ रुपैयाँ राहत रकम स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत प्रधानमन्त्री राहतकोषमा हस्तान्तरण गरेको छ।

संघका प्रतिनिधिहरूले हिजो स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतालाई भेट गरी  राहत रकमको चेक हस्तान्तरण गरेका हुन्। भेटका क्रममा आयुर्वेद औषधि व्यवसायीका विभिन्न महत्वपूर्ण विषयमा समेत गम्भीर र अर्थपूर्ण छलफल भएको संघले जनाएको छ।

संघका केन्द्रीय अध्यक्ष रामचन्द्र बुढाथोकी, महासचिव लेखनाथ भुसाल, पूर्वअध्यक्षद्वय सुरेश थापा र लोकेन्द्र चापागाईं तथा बागमती प्रदेश अध्यक्ष सन्तोष ढुंगेललगायतको टोली भेटघाटमा सहभागी थियो।

भेटघाट तथा छलफलको समन्वय वरिष्ठ आयुर्वेद चिकित्सक डा। पुष्पराज पौडेलले गरेका थिए। समन्वयकारी भूमिका निर्वाह गरेको भन्दै संघको केन्द्रीय कार्यालयले डा। पौडेलप्रति विशेष धन्यवाद व्यक्त गरेको छ।

यसअघि पनि नेपाल आयुर्वेद औषधि व्यवसायी संघले नेपाल आयुर्वेद औषधि उत्पादक संघ र नेपाल आयुर्वेद चिकित्सक संघसँगको सहकार्यमा दुई चरणमा नुवाकोट र धादिङ जिल्लाका बाढी प्रभावित समुदायलाई करिब २५ लाख रुपैयाँ बराबरका आयुर्वेद औषधि हस्तान्तरण गरिसकेको छ।

आयुर्वेद औषधि व्यवसायीहरूबाट संकलित नगद राहत र औषधि सहयोगमार्फत विपद् प्रभावित समुदायलाई सहयोग गर्ने अभियानलाई संघले निरन्तरता दिएको जनाएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *