चिकित्सा शिक्षा आयोगको बैठक पछि निजी मेडिकल कलेज सञ्चालकहरु असन्तुष्ठ:

‘मापदण्ड हेरिएन, निजी क्षेत्रलाई सुनिएन’ : प्राडा कार्की

60
Shares

काठमाडौँ, ३० असोज । चिकित्सा शिक्षा आयोगको बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकले केही शिक्षण संस्थाहरुको शैक्षिक कार्यक्रमहरुको सिट निर्धारण गर्ने निर्णय समेत गरेको छ ।

तर एमबीबीएस र बीडीएसमा निजी क्षेत्रका शिक्षण संस्थाको सिट नबढेपछि सञ्चालकहरु वेखुश देखिएका छन् ।

उनीहरुले लामो समय देखि उठाउँदै आएको शुल्क विषयमा समेत सुनुवाई नभएको भन्दै गुनासो गर्न थालेका छन् ।

निजी मेडिकल तथा डेन्टल कलेजहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष प्राडा ज्ञानेन्द्रमानसिंह कार्कीले आजको बैठकमा सिट र शुल्कको विषयमा आयोगको नेतृत्व तहले निजी क्षेत्रको गुनासो नसुनेको प्रतिक्रिया दिए ।

‘बैठक जम्मा जम्मी १० मिनेट बस्यो । मैले दुई चार कुरा राख्न खोजेँ, खासगरी मापदण्ड पुगेकाहरुलाई सिट बृद्धि गर्नु पर्ने, शुल्क पनि समायोजन गर्नु पर्ने भन्ने पुरानो माग थियो । यसमा केही होला भनेको भएन ।’

उनले सिट र शुल्क नबढ्दा विद्यार्थीहरुलाई दिईदै आएको भत्ताका विषयमा पनि समस्या पर्ने अथ्र्याए ।

‘हामीले मापदण्ड पुगेकोहरुलाई सम्वोधन गरियोस भनेका थियौँ । त्यो सुनुवाई भएन । अब हामीले त्यो निर्वाह भत्ता तथा अरु कुराहरु कसरी म्यानेज गर्ने ? अब फेरी समस्या हुने भयो,’ छोटो प्रतिक्रिया दिदै उनले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *