अस्पतालमा उपचाररत दुई शिशुको मुसाको टोकाईबाट मृत्यु !

140
Shares

नयाँ दिल्ली । भारतको मध्य प्रदेशमा रहेको सबैभन्दा ठूलो सरकारी अस्पतालमा मुसाको टोकाइबाट दुई नवजात शिशुको मृत्यु भएको छ ।

बीबीसीका अनुसार इन्दौरस्थित महाराजा यशवंतराव अस्पतालमा १० दिनकी शिशुलाई त्यागेर परिवार लापत्ता भएको थियो । ती शिशुलाई ३१ अगष्टका दिन एनआईसीयू वार्डमा उपचाररत ती शिशुलाई ३१ अगष्टको दिन मुसाले टोकेको थियो । उनको २ सेप्टेम्बरमा मृत्यु भएको थियो ।

यस्तै सो अस्पतालमा बुधबार दिउसो १ बजे अर्को एक नवजात शिशुको मृत्यु भएको छ । स्रोतले ती शिशुको मृत्यु पनि मुसाको टोकाईबाट भएको दावी गरेको छ ।

घटना एक पछि अर्को गर्दै बाहिरिन थालेपछि राज्य मेडिकल कमिस्नरले दुबै केशबारे विस्तृत जानकारी मागेका छन् ।

यद्धपी अस्पताल प्रशासनले दुबै बच्चाहरुको मृत्यु मुसाको टोकाईबाट नभएको दावी गरेको छ । अस्पतालले पहिलो शिशुको मृत्यु जन्मजात मुटुरोग र पछिल्लो शिशुको मृत्यु संक्रमणका कारण भएको बताएको छ ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा अशोक यादवले भने, यो दुखद र सम्वेदनशील घटना हो तर बालिकाको मृत्यु मुसाको टोकाईबाट होईन, उनलाई जन्मजात मुटुरोगको समस्या थियो ।

कतिपय व्यक्तिहरुले भने अस्पतालले घटनाको विषयमा जे सुकै स्पष्टिकरण दिए पनि अस्पतालमा व्याप्त लापरवाहीको उजागर गरेको बताएका छन् ।

स्रोतका अनुसार पहिले मृत्यु भएको बालिका र बालकको टाउकोमा मुसाले टोकेको निशान थियो ।

घटनापछि अस्पताल प्रशासनले दुई नर्सिङ अधिकारीलाई निलम्बन गरेको छ भने धेरै अधिकारीहरुलाई सचेत गराएको छ ।
त्यसो त यो अस्पतालमा मुसाको आतंक फैलाएको अहिले होईन ।

मेसु डा यादवका अनुसार सन् १९९४ मा अस्पतालमा बृहत स्तरमा मुसा मार्ने अभियान चलाइएको थियो । सो अभियान सञ्चालनका लागि त्यसबेला १० दिनका लागि अस्पताल खाली गराईएको थियो । त्यसबेला १२ हजार बढी मुसा मारिएको थियो ।

सन् २०१४ मा पनि मुसा मार्ने अभियान सञ्चालन गरिएको थियो । त्यसबेला अढाई हजार मुसा मारिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *