त्रिवि शिक्षण (टिचिङ) अस्पतालले माग्यो करार सेवामा डाक्टरदेखि हेल्थ असिस्टेन्टसम्म

काठमाडौँ, ५ भदौ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगञ्जले स्वास्थ्य तर्फका ८ पदमा करार सेवामा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
शिक्षण अस्पताल कर्मचारी प्रशासन शाखाले बिहीबार सूचना जारी गर्दै क्लिनिकल रजिस्ट्रार (सर्जिकल तर्फ ग्यास्ट्रोइन्टेरोलोजी विभाग) देखि हेल्थ असिस्टेन्टसम्म गरेर आठ स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही भदौ ११ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ। हेल्थ असिस्टेन्ट पदका लागि भने भदौ १९ गतेसम्म आवेदन दिन सकिने छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



