अमेरिकी राष्ट्रपति ट्रम्पलाई नशासम्बन्धी रोग, खुट्टाको तल्लो भागमा सुन्नियो

100
Shares

काठमाडौँ, २ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पलाई नशासम्बन्धी रोग लागेको छ । ह्वाइट हाउसले ट्रम्पलाई नसाको रोग लागेको बताएको छ, जसका कारण खुट्टा सुन्निएको छ।

ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पको खुट्टाको तल्लो भागमा सुन्निएको र दाहिने हातमा चोटका निशानहरू रहेको जानकारी दिएकी हुन्।

प्रवक्ता लेभिटले पत्रकार सम्मेलनमा ट्रम्पका डाक्टरको पत्र पढेर सुनाइन् र दुवै रोग सामान्य भएको बताइन् ।

उनले पत्रकारहरूलाई भनिन्, उनको खुट्टामा सुन्निने सामान्य नसाको रोगको कारणले हो र धेरै मानिसहरूसँग हात मिलाउँदा उनको हातमा चोट लागेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *