काठमाडौँ पूर्ण खोपयुक्त जिल्ला घोषणा

20
Shares

काठमाडौँ, ३१ असार । काठमाडौँ जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ ।

जिल्ला खोप समन्वय समितिको आयोजनामा सोमवार आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले काठमाडौँलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका हुन्।

उनले सबै बालबालिकाले पूर्ण खोप लगाएपछि मात्र रोगबाट बच्न सकिने भन्दै पूर्ण खोपयुक्त बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिए ।

प्रदेश सरकारको ध्यान गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नेतर्फ रहेको भन्दै मन्त्री थापामगरले यसमा सहयोगका लागि सबैलाई आग्रह गरे ।

मन्त्रालयकी सचिव डा। सुमित्रा गौतमले बागमती प्रदेशका सबै जिल्ला पूर्ण खोपयुक्त घोषित भएकाले चाँडै नै प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गरिने बताए ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले हाल रोग व्याधि धेरै भए पनि खोपका कारणले घटेको बताए ।

कार्यक्रममा नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेर मात्र नहुने भन्दै त्यसलाई दिगो बनाई राख्नुपर्नेमा जोड दिए ।

जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष श्याम डोटेलले कोही पनि खोप लगाउनबाट छुट्न नहुने बताए ।

पूर्ण खोपयुक्त घोषणाका लागि नौ प्रकारका खोप दिइने गरिन्छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले ती खोप जन्मदेखि १५ महिनासम्म बालबालिकालाई सात पटकमा १८ मात्रा लगाएको हुनुपर्ने बताए ।

जन्मनै बित्तिकै क्षयरोगविरुद्धको बिसिजी खोप र १५ महिना पुगेपछि दादुरा(रुबेला तथा टाइफाइड रोगविरुद्धको खोप दिने गरिन्छ ।

कार्यक्रममा काठमाडौँमा ६८ हजार १०० जना बालबालिकालाई पूर्ण खोप लगाइएको जानकारी दिदै उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *