भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौँ, १ असार । भारतको उत्तराखण्डमा पर्ने केदारनाथ धाम पुगेर फर्किएको हेलिकोप्टर दुर्घटना हुँदा चालकदलसहित ७ जनाको मृत्यु भएको छ ।
आर्यन कम्पनीको हेलिकप्टर रुद्रप्रयाग जिल्लाको केदारघाटीको गौरीकुण्ड र त्रिजुगीनारायणको बीचमा दुर्घटनाग्रस्त भएको हो । मृतकहरूमा एक बालिका पनि रहेको बताइएको छ ।
उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण (युसीएडीए) का अनुसार, हेलिकप्टर आइतबार बिहान ५ः३० बजे केदारनाथबाट गुप्तकाशीका लागि उडेको थियो ।
उडान भरेको केही समयपछि नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



