भारतमा ५ हजार भन्दा बढीमा कोराना संक्रमण पुष्टि

48
Shares

काठमाडौँ, २३ जेठ । भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५ हजार नाघेको छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार देशभर कुल ५ हजार ३६४ सक्रिय संक्रमितका बिरामी पुष्टि भएका छन् ।

हालसम्म भारतका २७ वटा राज्य तथा केन्द्र शासित प्रदेशमा कोरोना फैलिसकेको छ। यी मध्ये सबैभन्दा बढी संक्रमितहरु केरलामा छन् । केरला पछि, गुजरात, पश्चिम बङ्गाल र दिल्लीमा धेरै सङ्क्रमित भेटिएका छन् ।

केरलामा कोभिडका १ हजार ६ सय ७९ सक्रिय बिरामीहरू रहेको बताइएको छ । त्यस्तै गुजरातमा ६ सय १५, पश्चिम बङ्गालमा ५ सय ९६ र दिल्लीमा ५ सय ९२ छन् । हालसम्म कोरोना संक्रमणबाट भारतभर ५५ जनाको मृत्यु भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *