भारतमा कोरोना संक्रमितको संख्या ३ हजार नाघ्यो

काठमाडौँ, १८ जेठ । छिमेकी मुलुक भारतमा कोरोना संक्रणम तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो समय भारतमा कोरोना सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ८३ पुगेको छ ।
जसमध्ये केरलामा सबैभन्दा धेरै १ हजार १ सय ४७ सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै महाराष्ट्रमा ८४ नयाँ संक्रमित थपिएका थिए । त्यहाँ ६८१ बिरामी छन् । दुई राज्यमा देशभरका संक्रमितमध्ये ६० प्रतिशत संक्रमित रहेका छन् ।
पछिल्लो ४८ घण्टामा मात्र हजारभन्दा बढी नयाँ संक्रमित थपिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
भारतमा कोरोना भाइरसबाट कम्तीमा हालसम्म २० जनाको मृत्यु भएको बताइएको छ । यीमध्ये सबैभन्दा बढी ६ मृत्यु महाराष्ट्रमा भएको छ। कर्नाटकको मैसूरमा शुक्रबार ६३ वर्षीय एक पुरुषको मृत्यु भयो। यो राज्यमा कोरोनाका कारण तेस्रो मृत्यु हो।
यसबाहेक महाराष्ट्र, केरला, राजस्थान, उत्तर प्रदेश र मध्य प्रदेशमा कुल १३ जना बिरामीको मृत्यु भएको छ । स्वास्थ्य विभागले मे ३१ मा दिल्ली, गुजरात, पञ्जाब र तमिलनाडुमा एक/एक जनाको मृत्युको पुष्टि गरेको छ।
यसैबीच कर्नाटक सरकारले राज्यमा बढ्दो कोरोनाका घटनाहरूलाई ध्यानमा राख्दै नयाँ परिपत्र जारी गरेको छ। यसमा अभिभावकहरूलाई आफ्ना बच्चाहरूलाई रुघाखोकी, खोकी, ज्वरो वा कोभिड जस्ता लक्षणहरू देखिएमा विद्यालय नपठाउन अपील गरिएको छ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



