भारतमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

60
Shares

काठमाडौँ, १७ जेठ । भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितहरूको संख्या २ हजार ३९० पुगेको छ।

केरला राज्यमा सबैभन्दा बढी ७२७ केसहरू छन्। सक्रिय सङ्क्रमितहरूको हिसाबले महाराष्ट्र दोस्रो स्थानमा छ। शुक्रबार त्यहाँ ८४ नयाँ केसहरू रिपोर्ट गरिएको थियो । योसँगै कूल सङ्क्रमितको संख्या ६८१ पुगेको छ। देशको ६० प्रतिशत सक्रिय केसहरू यी दुई राज्यहरूमा छन्।

उता, कर्नाटकको मैसूरमा शुक्रबार एक ६३ वर्षीय पुरुषको मृत्यु भयो। यो राज्यमा कोरोनाका कारण भएको तेस्रो मृत्यु थियो। यो संगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।

भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार हालसम्म भारतमा चार नयाँ कोरोना भेरियन्ट एलएफ.७, एक्सएफजी, जेएन.१, र एनबी.१.८.१ फेला परेका छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *