भारतमा १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि

8
Shares

काठमाडौँ, १४ जेठ । भारतमा कोरोना संक्रमण फेरि सक्रिय बन्दै गएको छ। देशभर सक्रिय संक्रमितको संख्या १ हजार ८१ पुगेको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार मंगलबार मात्रै कर्नाटकमा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ जना नयाँ संक्रमित थपिएका छन्। सबैभन्दा बढी ४३० जना संक्रमित केरल राज्यमा सक्रिय रहेका छन्। महाराष्ट्र राज्यमा २०८, दिल्लीमा १०४, गुजरात ८३, कर्नाटकमा ८० र बैंलुरमा ७३ रहेका छन् ।

भारतीय चिकित्सा अनुसन्धान परिषद्का निर्देशक डा राजीव बहलका अनुसार हालसम्म भारतमा चार नयाँ कोरोना भेरियन्ट एलएफ.७, एक्सएफजी, जेएन.१, र एनबी.१.८.१ फेला परेका छन्।

त्यस्तै, उत्तर प्रदेशको फिरोजाबादमा मंगलबार ७८ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यो उत्तर प्रदेशमा नयाँ भेरियन्टबाट भएको पहिलो मृत्यु हो। यस्तै महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा गरी थप १२ जनाको मृत्यु भइसकेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *