भारत-पाकिस्तानबीच बढ्दो तनाव: नेपालको औषधी बजारमा पर्न सक्छ असर
काठमाडौँ, २५ बैशाख । भारत पाकिस्तानबीचको जारी तनावले कस्तो रुप लिन्छ अहिल्यै भन्न सकिन्न । तर संकेत त्यति राम्रो छैन । मंगलबार सबेरै भारतीय सेनालेले पाकिस्तानका विभिन्न क्षेत्रमा आतकंकारीको बनाएको अखडा ध्वस्त पार्न भन्दै अप्रेसन सिन्दुर चलाएपछि तनाव उत्कर्षमा पुगेको हो ।
यी दुई मुलुकले औपचारिक युद्धको घोषणा त गरेका छैनन् बिहीबार साँझ देखि दुई देशका सेनाहरु गोलावारीमा उत्रिएका छन् ।
आणविक अस्त्रले बलिया दुबै मुलुक यदि युद्धमा फसे भने त्यसको प्रत्यक्ष असर छिमेकमा रहेको सानो मुलुक नेपालमा पर्ने निश्चित छ ।
भारतसंग जोडिएको सिमा नाकाहरुमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको सरकारले दुई देशबीचको तनावपछि यतिवेला पर्ख र हेरको अवस्थामा छ ।
……………………………………………………………
नेपालको औषधी बजारमा अहिले पनि आधा भन्दा बढी हिस्सा भारतीय उत्पादनले ओगटेको छ । भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा त्यसको असर नेपालमा पर्ने निश्चित जस्तै छ ।
भारतसंग धेरै चिजहरुमा निर्भर नेपालले जारी तनावले युद्धको रुप लिएमा केही अत्यावश्यक चीजमा समेत समस्या भोग्न सक्छ ।
त्यस्तै समस्या पर्ने मध्येको एक बस्तु औषधी हुने यस क्षेत्रका सरोकारवालाहरुले बताएका छन् ।
नेपालको औषधी बजारको ५५ प्रतिशत बढी हिस्सा भारतीय कम्पनीबाट उत्पादित औषधीले ओगटेको छ । त्यसमा धेरै जीवन रक्षक औषधीहरु समेत पर्ने बताईन्छ । तनाव बढ्दै गयो भने सप्लाई चेन बिग्रने र त्यसले औषधी अभाव हुन सक्ने कतिपयले अनुमान गरेका छन् ।
नेपाली हेल्थ डटकमले भारत पाकिस्तान तनावले बढ्दै जाँदा औषधीका क्षेत्रमा नेपालले के कस्ता तयारी गर्नुपर्छ होला भनेर औषधी क्षेत्रसंग प्रत्यक्ष जोडिएका विभिन्न निकायका व्यक्तिसंग प्रतिक्रिया लिएको छ ।
हेरौँ उनीहरुको भनाई :
पहिलो कुरा, भारत पाकिस्तानबीच चुलिएको तनावका छिटफुट घटना देखिए पनि युद्ध नै भईसकेको अवस्था अहिले होइन जस्तो लाग्छ । दोस्रो कुरा युद्ध भयो भने के असर गर्दछ भन्ने तपाईँले जो प्रश्न सोध्नु भएको छ, युद्ध चर्कियो भने त औषधीमा मात्रै होईन धेरै कुरामा असर गर्दछ ।
अब औषधीकै कुरा गर्नु पर्दा अहिलेसम्म भारतबाट नियमित रुपमा आयात भईरहेको छ । पछिल्ला घटनाले केही असर गरेको पाइएको छैन ।
अर्को कुरा उद्योगी व्यवसायीको कुरा सुन्दा नेपाली बजारमा केही भै नै हालेमा पनि चार छ महिनालाई पुग्ने औषधी मौज्दात छ । त्यसैले खासै अफ्टेरो पर्दैन । यद्धपी हामीले सम्भावित घटनाक्रमको विश्लेषण गरी सरोकारवालासंग आवश्यक जानकारी तथा छलफल गर्नु आवश्यक भयो भन्ने ठान्छु म । त्यो तयारीका साथ विभाग अगाडी बढ्छ ।
अहिले नै भन्दा हामी पनि पर्ख र हेरको अवस्थामा रहेका छौँ ।
भारत पाकिस्तानबीचको द्धन्द कसरी अगाडी बढ्छ, त्यो हेर्न त बाँकी नै छ । तर दुबै देशको पछिल्ला गतिविधि हेर्दा यो द्धन्द सजिलै सकिन्छ जस्तो देखिदैन । यदि यो बढ्दै गयो भने त्यसको असर औषधीको सप्लाई चेनमा पर्ने निश्चित छ । त्यसो हुँदा त्यसको प्रत्यक्ष असर नेपालसम्म आईपुग्छ । किनकी नेपालमा जीवन रक्षकसहितका ठूलो परिमाणमा औषधी भारतबाट नै आउँछ ।
त्यसैले अबको यो अवस्थामा हामीले हामीले जति सक्यो चाँडो थप औषधी ल्याएर मौज्दात गर्न पर्छ जस्तो लाग्छ । तीन महिना, चार महिना छ महिना जति सकिन्छ । त्यति अवधीलाई थप हुने गरी औषधी मौज्दात गर्न पर्छ ।
अर्को कुरा यस्तो बेलामा नागरिकको व्यवहारले पनि प्रभाव पार्दछ । त्यो के भने अभाव हुन्छ होला भनेर औषधि धेरै किनेर ओभर स्टक राख्ने गर्ने चलन छ । कोभिडको बेला यस्तो देखियो । यस्तो भयो भने यहाँको सप्लाई चेनमा समेत असर पर्दछ । यस्तो नगर्नु होला ।
तेस्रो कुरा, यस्तो बेलामा बिचौलियाको बिगबिगी हुन्छ । उनीहरुले हल्ला फिजाएर कृतिम अभाव सिर्जना गर्न खोज्दछ । राज्यको निकाय र सप्लायर्सले यस कुरामा ध्यान दिनु पर्छ । यसबाहेक औषधी व्यवस्था विभागमा मूल्य र अरु विभिन्न बहानामा लाइसेन्स नबीकरण रोकिएको अवस्था छ । यसलाई हामीले छिटो छरितो ढंगबाट फुकाई, आयातको व्यवस्थालाई सहज गराउन पर्छ । प्रमुख सरोकारवालासंग विभागले समन्वयका लागि तम्तयार भएर सम्भावित संकट टार्नका लागि योजना बनाउन पर्छ ।
अहिलेको अवस्थालाई हेर्दा दुई देशबीच युद्ध भईसक्यो भन्ने अवस्था छैन । यो यत्तिकै सेलाउन पनि सक्छ । यद्धि युद्ध नै भयो भने पनि तत्काल नेपालका लागि औषधीको समस्या नहुन सक्छ । किनकी नेपालमा औषधीको ओभर स्टक छ । ओभर सप्लाई भएर ओभर स्टक छ । अहिले नै रोकिए पनि तीन चार महिनालाई पुग्ने औषधी नेपालको बजारमा छ । त्यसैल आत्तिई हाल्नु पर्ने अवस्था छैन । तर चनाखो चै भईरहनु पर्छ । विशेषगरी सरकारले हामीजस्ता व्यवसायीसंग र उद्योगहरुसंग समन्वय गर्नुपर्छ । औषधी व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगै अन्य मन्त्रालयहरु पनि यसमा जोडिएर आउँछन् । नेपालमा औषधी अभाव हुन नदिन के कस्ता नीति रणनीति चाल्नु पर्छ त्यसमा तयार भएर बस्न चाहि पर्छ ।
भारत पाकिस्तानबीचको तनावकै कारण नेपालमा औषधी हाहाकार होला भनेर डराउनु पर्दैन । विगतमा पनि धेरै यस्ता घटना र विपत्तीका बीच नेपाली औषधी उद्योगले थेगेकै हो ।
कतिपयमा भारत युद्धमा जाँदा नेपाली औषधी उद्योगहरुले त्यहाँबाट ल्याउने कच्चा पदार्थहरुमा समस्या होला कि भन्ने डर होला । तर कुरा के हो भने, औषधीका कच्चा पदार्थहरु भारतमा पनि धेरै जसो चीनबाट आउने हो । हामीलाई भारतबाट कारोवार गर्न सजिलो हुने, नजिक हुने भएकोले हो । यदि त्यताबाट अफ्टेरो भएमा हामीसंग सिधै चीनबाट ल्याउन सक्ने विकल्प पनि हुन्छ । यस्तै बंगलादेश तथा अन्य देशबाट पनि आवश्यक पदार्थहरु ल्याउन सकिन्छ ।
अर्को कुरा हामीसंग जहिले पनि १४० देखि १५० दिनसम्मका लागि पुग्ने मौज्दात औषधी छ । लामो समय त्यसैले अहिल्यै आत्तिने अवस्था छैन भन्छु म । तर हामीले सम्भावित अभाव तथा समस्याहरुका बारेमा सरकार, उद्योगी व्यवसायी तथा सरोकारवालाबीच छलफल अपेक्षा गरेका छौँ । संकट आईसकेपछि सामाना गर्नु भन्दा पूर्व तयारीमा रहनु बुद्धिमानी हुन्छ ।
मंगलबार विहान देखि बिहीबार रातीसम्म आईपुग्दा भारत पाकिस्तान युद्धकै मुडमा देखिएका छन् । भारतमा जारी आईपीएल आज खेल सुरु भईसकेपछि रोकिएको छ । दैनिक जीवन कष्ठकर बनेका खबरहरु आईसकेको छ ।
भारत हामीकहाँ सबैभन्दा धेरै औषधी निर्यात गर्ने देश हो । हामीकहाँ धेरै जीवन रक्षक औषधीहरु भारतबाट नै आउने गर्दछ । तर यो अवस्थामा भारतले विशेष कारण भन्दै औषधी निर्यातमा टाइट गर्न सक्छ । त्यसैले हामी अब चनाखो बन्नु पर्ने अवस्था आएको छ ।
सरकारले यो विशम परिस्थितिलाई मूल्यांकन गर्दै अत्यावश्यक औषधीको सूची बनाउने र आयातको तयारीमा जुटि हाल्नु पर्छ । पछि गाह्रो हुनसक्छ ।नेपाली बजारमा दुई तीन महिनालाई पुग्ने औषधी छ भनिन्छ, तर सबै अत्यावश्यक औषधी नहुन सक्छ ।
यस तर्फ ध्यान दिनु पर्छ । औषधी व्यवस्था विभागले तत्काल सरोकारवाला पक्षसंग छलफलमा जुट्न जरुरी छ । नेपाल औषधी आयातकर्ता संघ यो परिस्थितिमा समन्वयकारी भूमिका निर्वाह गर्न समेत तयार छ ।
भारत पाकिस्तानबीचको बढ्दो तनावले युद्धको रुप लियो भने नेपालमा औषधीको उपलब्धतामा ठूलो समस्या पर्न सक्छ । किनभने नेपाल औषधीमा भारतसंग एक प्रकारले भन्दा आत्मनिर्भर जस्तै देखिन्छ । किनभने नेपालले औषधी र त्यसको लागि चाहिने कच्चा पदार्थ भारतबाट ठूलो मात्रामा (करिब ७० प्रतिशत) आयात गर्छ । चीनबाट सोझै करीव २० प्रतिशत र बाँकी १० प्रतिशत अरु तेस्रो मुलुकबाट आयात गर्दछ ।
नेपालमा केही फर्मास्युटिकल कम्पनीहरुले औषधी उत्पादन गरेता पनि त्यसका लागि चाहिने सबै कच्चा पदार्थ पदार्थ आयात गर्नु पर्ने बाध्यता छ ।
त्यसो त विश्व बजारमा औषधीको कच्चा पदार्थ उत्पादन र औषधी निर्यातमा भारतको हिस्सा मात्रै ५ प्रतिशत हो । त्यसैले भारत पाकिस्तानबीचको युद्धले विश्व बजारमा औषधीको उपलब्धतामा खासै फरक नपर्न पनि सक्छ । तर नेपाल भने सिटामोलमा पनि आत्मनिर्भर छैन । सिटामोल नै हाहाकार हुनसक्छ ।
यो विशम परिस्थितिका माझ स्वास्थ्यका उच्च पदाधिकारी तथा नेपाल सरकार चीर निन्द्रामा हुन सक्छ । उनीहरुलाई ढुक्क होलान् नेपाल आफैमा ४५ ५० प्रतिशतले आत्मनिर्भर छ ।
त्यस्तो होईन्, कच्चा पदार्थ मात्रै होईन, प्याकेजिङका लागि चाहिने पदार्थ पनि नेपाल आफैले उत्पादन गर्न सक्दैन । कुरा बुझ्नुस्, उठनुस्, चनाखो हुनुस् । आवश्यक तयारीमा जुट्नुस् । सबै पक्षलाई बोलाउनुस् योजना बनाउनुस् ।
सम्पर्क इमेल : [email protected]
सचेत र सेवाग्राहिहरुको स्वास्थ्य प्रति जवाफदेहि हुनु राम्रो हो तर दिग्भ्रमित र हतोत्साही हुने गरी समय अगावै यस्ता प्रकारका मीडियाबाजी नगरेकै राम्रो! यसको प्रभाव सिधै सोझा सेवाग्राही माथि ठूलो नकारात्मक असर पर्न जान्छ। नेपाली जनता ले औषधी को अभाव को सामान गर्नु पर्ने नै छैन जब हाम्रो व्यवसायिक संयन्त्रलाई चुस्त र दुरुस्त राख्न सक्यौ भने। बिगतमा पनि समस्या ना आएका हैनन्, आए तर जसरी आए समाधान र उपाय पनि लिएर आए तसर्थ सम्बन्धित निकायलाई मेरो बिनम्र अनुरोध हल्ला हैन् कि व्यवसायिक वातावरण सिर्जना गरौँ ताकी व्यवसायिहरुले सहजता महसूस गरुन र जुन सुकै अवस्थाको पनि नकारात्मक आभाष हुन नदिउन। त्यो क्षमता छ हाम्रा व्यवसायीहरुसंग केवल सम्बन्धित निकायको सकारात्मक सोच र समय मै गर्नु पर्ने काम तदारुकताका साथ गरिदिनु पर्यो। आजैदेखि mission “बिशेष पल~१” मा लागौं, औषधीको stock record राखौं, सकिन्छ अझ थप stock maintain गरौँ (स्वास्थ्य मन्त्रालय र राष्ट्र बैंकले सहयोगी भूमिका निर्वाह गरौँ।), record राखेर life saving drug user हरु निश्चित गरी आवश्यक समयको लागि आवश्यक औषधी मात्र दिउँ, देशै भरि NCDA को अगुवाई मा फार्मेसी chain system तयार गरौँ।
“कुरा भन्दा काम गरौँ, हल्ला भन्दा निकाश खोजौ।’