रिक्त रहेको दुई अतिरिक्त स्वास्थ्य सचिव बढुवा प्रक्रिया कहाँ पुग्यो ?
यी हुन् स्वास्थ्यको अतिरिक्त सचिव बन्ने प्रतिस्पर्धामा उत्रिएका २४ जना
काठमाडौँ, २३ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त भएको स्वास्थ्य सेवाको अधिकृत १२ औँ तह (अतिरिक्त स्वास्थ्य सचिव) दुई वटा पदका लागि बढुवा प्रक्रिया अघि बढाएको डेढ महिना नाघि सक्यो तर अन्तिम टुंगो कहिले लाग्छ अहिल्यै भन्न सकिने अवस्था देखिएको छैन । बढुवा समितिको बैठक बस्न नसक्दा यो प्रक्रिया लम्बिएको हो ।
तर मन्त्रालयका प्रशासन तर्फका सचिव हरिप्रसाद मैनालीले १२ औं तहमा बढुवाको प्रक्रिया छिटै टुंगोमा पुग्ने बताएका छन् । ‘आवेदन दिने समय सकिएको एक महिना पुग्यो, यसबीचमा आवेदकहरुको सम्पूर्ण कागजात तथा विवरण रुजु गर्ने काम भयो । अब केही दिनमा बढुवा समितिको बैठक बस्छ । त्यसपछि सिफारिस भएपछि मन्त्रिपरिषद्ले निर्णय गर्ने कुरा भयो,’ उनले भने ।
‘बढुवा प्रक्रिया टुंगिन अझै महिना दिन लाग्छ कि ?’ नेपाली हेल्थको प्रश्नमा सचिव मैनालीले त्यति लामो समय अब नलाग्ने बताए । ‘होईन अब छिटै हुन्छ, एक महिना कुर्न पर्दैन,’ सम्छिप्त जवाफ दिदै उनले भने ।
गत १२ फागुनमा स्वास्थ्य सचिवबाट डा. रोशन पोखरेल, अतिरिक्त स्वास्थ्य सचिवबाट डा. दीपेन्द्ररमण सिंह अवकाश भएका थिए । रिक्त सचिव पदमा डा. विकास देवकोटाले नियुक्ती पाएपछि अतिरिक्त स्वास्थ्य सचिव पद दुई वटा खाली थियो ।
स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५ (२) बमोजिम कार्यसम्पादन क्षमताको आधारमा बढुवा गर्न भन्दै रिक्त दुई पदका लागि सचिवालयले गत ६ चैतमा सूचना प्रकाशित गर्दै योग्यता पुगेका ईच्छुक व्यक्तिले आवेदन फारम डाउनलोड गरी १५ दिन भित्र भरेर पेश गर्न भनेको थियो । सोही सूचना अनुसार २१ चैतसम्ममा २४ जनाले बढुवा प्रतिस्पर्धामा उत्रिदै आवेदन दिएका छन् ।
यी हुन् स्वास्थ्यको अतिरिक्त सचिव बन्ने प्रतिस्पर्धामा उत्रिएका २४ जना *
१. डा. दिपक थापा प्रमुख – कन्सलटेन्ट सर्जन, भरतपुर अस्पताल चितवन
२. डा. सञ्जयकुमार ठाकुर – फिजिसियन, चिविराप्र वीर अस्पताल
३. डा. राजन पाण्डे – प्रमुख कन्सल्टेन्ट फिजिसियन, भेरी अस्पताल नेपालगञ्ज
४. डा. श्रीकृष्ण श्रेष्ठ – पेडियाट्रिसियन, पेडियाट्रिक्स
५. डा. किरणमणि पौडेल – पेडियाट्रिसियन। पेडियाट्रिक्स
६. डा. यदुचन्द्र घिमिरे – प्रमुख स्वास्थ्य प्रशासक, एकीकृत चिकित्सा
७.डा. सरोज शर्मा – रेडियोलोजिष्ट, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
८. डा. विष्णुप्रसाद शर्मा – सर्जन, अरोरिनोल्यारिङ्गोलोजी
९. डा. प्रभा चापागाईँ – फिजिसियन, जनरल मेडिसिन
१०. डा. कृष्णप्रसाद पौडेल – पेडियाट्रिसियन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
११. डा. केशरबहादुर ढकाल – अब्सर गाइने – प्रादेशिक अस्पताल सुर्खेत
१२. डा. बासुदेव जनार्दन प्रसाद उपाध्याय( प्रमुख कन्सलटेन्ट आयुर्वेद विज्ञ, आयुर्वेद
१३. डा. श्रवण कुमार थापा – अर्थोपेडिक सर्जन, वीर अस्पताल
१४. डा. सुधा देवकोटा – प्रमुख मेडिकल सुपरीटेन्डेन्ट, स्वास्थ्य सेवा विभाग
१५. दुर्गालक्ष्मी श्रेष्ठ – नर्सिङ प्रशासक, जनरल नर्सिङ
१६. डा. रुना झा – प्याथोलोजिष्ट, कोशी अस्पताल
१७. नारायणप्रसाद ढकाल – प्रमुख औषधी व्यवस्थापक, औषधी व्यवस्था विभाग
१८. डा. अजित रायमाझी – पेडियाट्रिसियन, कान्तिबाल अस्पताल
१९. डा. चुमनलाल दास( प्रमुख मेडिकल सुपरीटेन्डेन्ट, जनरल हेल्थ सर्भिसेज
२०. डा. चन्द्रभाल झा – डर्माटोलोजिष्ट, स्वास्थ्य सेवा विभाग
२१. डा. प्रविण श्रेष्ठ – प्रमुख कन्सलटेन्ट सर्जन, सर्जरी
२२. डा. डेलसिह जोशी – अब्सरगाईने, अब्स गाईने
२३. डा. अनुज भट्टचन – प्रमुख जनस्वास्य प्रशासक, सार्क क्षयरोग केन्द्र
२४. डा. विनोदविन्दु शर्मा – स्वास्थ्य शिक्षा प्रशासक, स्वास्थ्य शिक्षा
* प्रतिस्पर्धा सूचीमा उल्लेखित नामहरुको क्रमसंख्या आवेदन दिएको मितिको आधारमा तय गरिएको हो ।
सम्पर्क इमेल : [email protected]