नेपाल मेडिकल काउन्सिलद्धारा विसं २०८२ मा हुने नाम दर्ता परीक्षाको तालिका सार्वजनिक

132
Shares

काठमाडौँ, २७ चैत । नेपाल मेडकल काउन्सिलले विसं २०८२ सालमा लिईने स्नातक तहको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा तथा स्नातकोत्तर तहको विशेष (स्पेशल) परीक्षाको बार्षिक तालिका सार्वजनिक गरेको छ ।

काउन्सिलले दुबै परीक्षा चार चार महिनाको अन्तरमा तीन तीन पटक लिने व्यवस्था मिलाएको छ ।

काउन्सिलका अनुसार स्नातक तहको दर्ता प्रमाणपत्र (लाइसेन्स)परीक्षा २०८२ सालको जेठ १२ देखि १४ गते सम्म पहिलो, असोजको ८ देखि १० गतेसम्म दोस्रो र १३ देखि १५ माघसम्म तेस्रो पटक परीक्षा लिने छ ।

यस्तै स्नातकोत्तर तहका लागि लिईने विशेष परीक्षा साउनको १६ र १६ गते पहिलो, मंसिरको १६ र १७ गते दोस्रो तथा चैतको १९ र २० गते तेस्रो परीक्षा लिईने जनाएको छ ।

काउन्सिलले सबै परीक्षा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानको पुल्चोक क्याम्पसमा कम्प्युटर विधिबाट लिने गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *