स्वास्थ्यमा डेण्टिष्ट्री समूहबाट बन्दना खनाल एघारौँ तहमा बढुवा

344
Shares

काठमाडौँ, १३ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त स्वास्थ्य सेवा डेण्टिष्ट्री समूहबाट प्रमुख कन्सलटेन्ट डेन्टल सर्जन पद (एघारौँ तह)मा बन्दना खनाल आचार्य बढुवा भएकी छन् ।

लोक सेवा आयोगले गत आइतबार लिएको अन्तर्वार्ता र त्यसअघिको लिखित परीक्षामा आएको अंकको आधारमा उनलाई एघारौँ तहमा बढुवा गरेको जनाएको छ ।

आयोगले रिक्त एक पदका लागि अन्तर्वार्तामा समेत एक जना (खनाल) मात्रै उपस्थित भएको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *