स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तीनवटा महत्वपूर्ण प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत
काठमाडौँ, १९ माघ । गत मंगलबार बसेका मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पेश भएका तीनवटा महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।
शुक्रबार सरकारका प्रवक्त समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मंगलबारको बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा स्वास्थ्यका तीन निर्णय प्रस्तुत गरेका थिए ।
मन्त्री गुरुङका अनुसार स्वास्थ्यको प्रस्तावमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकति प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको छ ।
स्वास्थ्यकै प्रस्तावमा मंगलबारको मन्त्रिपरिषद्को बैठकले नेपाल स्वास्थ्य नियमावली, २०५५ को अनुसूचीमा हेरफेर तथा थपघट गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यका तीन सहित विभिन्न मन्त्रालयकासमेत गरी कुल १५ वटा प्रस्ताव स्वीकृत गरेको थियो ।
सम्पर्क इमेल : [email protected]