गेटामा यसैबर्ष देखि एमबीबीएस पढाइ सुरू नभए म पनि अनशन बस्छु : मेयर गोपी हमाल

16
Shares

धनगढी ११ साउन ।  धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले चालू शैक्षिक सत्रदेखि कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस अध्ययन-अध्यापन सुरू नभए आफू पनि अनशनमा बस्ने घोषणा गरेका छन् ।

सोमबार डोटीको जोरायल गाउँपालिका बुडरबाट फेसबुकमार्फत मेयर हमालले सुदूरपश्चिमका नागरिकले वर्षौँदेखि गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको पहुँचबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै सरकारले अब थप ढिलाइ गर्न नहुने बताए ।

उनले गेटामा यही शैक्षिक सत्रदेखि एमबीबीएस अध्ययन सुरु गर्नुपर्ने र ३०० शय्याको अस्पताल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

सरकारले यी दुवै काम पूरा गर्न नसके आफू पनि अनशनमा बस्न तयार रहेको र आवश्यक परे आन्दोलनको नेतृत्वसमेत गर्ने उद्घोष गरे ।

यसैवर्ष देखि एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने योजना बनिरहेका बेला डा गोविन्द केसी शहीद दशरथ चन्द विश्वविद्यालयका नव नियुक्त उपकुलपति र रजिष्ट्रारको नियुक्ती खारेज हुनु पर्ने लगायतको माग राखेर धनगढीमा अनसन बसेका छन् । सरकारी प्रतिनिधि र डा केसीपक्षबीच तिनै मागका विषयमा हिजो देखि बार्ता भइरहेको छ । स्रोतहरुले डा केसीका मागका विषयमा सहमति नजिक पुगेको दावी गरेका छन् ।

हमाल लगायतका सुदूरपश्चिमका अधिकाशं नागरिकले पदाधिकारी हटाउनु पर्ने लगायतका माग अघि सार्दै डा केसी अनसन बसेको प्रति खुशी देखिएका छैनन । उनीहरुले अनसनले विश्वविद्यालयको अघि बढेको कामलाई फेरी अवरोध हुने आशंका गरेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *