नारायणी अस्पतालमा कार्यरत ४६ जना चिकित्सकहरुद्धारा सामुहिक राजिनामा

100
Shares

वीरगञ्ज १२ साउन । गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा तोडफोड तथा डिउटीमा रहेका चिकित्सकमाथि कुटपिटको घटनाबाट सिर्जित विवाद बढ्दो क्रममा देखिएको छ । सो अस्पतालमा कार्यरत ४६ जना चिकित्सकले यथास्थितिमा काम गर्न नसक्ने भन्दै आज सामुहिक राजिनामा दिएका छन् ।

गत शनिबार उपचारका लागि ल्याइएका बिरामीको मृत्यु भएपछि आफन्तहरुले अस्पतालमा तोडफोड गर्नुका साथै डा प्रमोद राममाथि मरणासन्न हुने गरी कुटपिट गरेका थिए । त्यसको विरोधमा चिकित्सकहरु आन्दोलित छन् । सोमबार घटनाका विषयमा छलफल गर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा गएका बेला चिकित्सक माथि प्रहरीले पुन दुर्व्यहार गरेको भन्दै उनीहरुले आज राजिनामा बुझाएका हुन् ।

अस्पतालका प्रमुुख मेडिकल सुपरीटेन्डेन्टलाई सम्वोधन गरि लेखिएको पत्रमा चिकित्सकहरुको पेशागत अवस्थामा सुरक्षित नरहेको प्रमाणित भएको उल्लेख गरिएको छ ।

हेर्नुहोस राजिनामा पत्र

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *