डा. केसीसंग बार्ता गर्न सरकारले तोक्यो तीन उच्च अधिकारी

192
Shares

काठमाडौँ, ९ साउन । आमरण अनसनमा रहेका डा. गोविन्द केसीसंग सम्वाद गर्न सरकारले तीन उच्च अधिकारीलाई जिम्मा दिएको छ ।

शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार डा. केसीसंग सम्वादका लागि शिक्षा तथा खेलकुद सचिव चुडामणि पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता सचिव डा. विकास देवकोटा र प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकार प्राडा जगदीश अग्रवाललाई तोकिएको छ ।

शिक्षा सचिव पौडेल आजै धनगढी गई सकेका छन् । स्वास्थ्य सचिव डा. देवकोटा र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार प्राडा अग्रवाल भोली धनगढी गएर सम्वादमा सहभागी हुनेछन् ।

सरकारले पछिल्लो पटक चिकित्सा शिक्षा आयोग र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा गरेको पदाधिकारी नियुक्ती खारेज गनुपर्ने लगायतका विभिन्न माग राख्दै डा केसी तीन दिन देखि धनगढीमा अनसन बसेका छन् ।

स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई आज सेती प्रादेशिक अस्पतालमा लगिएको छ ।

यसपटक धनगढीमा भने डा केसीको विरोध भइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *