अवसर :

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा ठूलो संख्यामा प्राविधिक तथा अप्राविधिक पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान

3.9k
Shares

काठमाडौँ, २८ मंसिर । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठूलो संख्यामा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ । लोकसेवा आयोगको सहमति पछि प्रतिष्ठानले रिक्त रहेका विभिन्न १७२ प्राविधिक तथा अप्राविधिक पदहरुमा कार्यक्षमतान मूल्यांकनद्धारा हुने बढुवा, खुल्ला तथा आन्तरिक प्रतियोगिता मार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको हो ।

दरखास्त आव्हान गरेसंगै ६ वर्ष अघि देखि अबरुद्ध स्थायी पदपूर्ति, स्तरबृद्धि तथा बढुवाको बाटो खुलेको छ ।

प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले प्रतिष्ठानको स्तरोन्नतीका लागि एउटा ठूलो र महत्वपूर्ण उपलव्धी भन्दै खुशी व्यक्त गरेका छन् । उनले यस कार्यका लागि सहयोग र पहल गर्न खटिएका सरोकारवाला पक्षलाई धन्यवाद समेत दिएका छन् ।

हेर्नुहोस् सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा ठूलो संख्यामा प्राविधिक तथा अप्राविधिक पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान

Leave a Reply

Your email address will not be published. Required fields are marked *