मंकीपक्सबाट कङ्गोमा ५७० जनाको मृत्यु

0
Shares

कंगो, ४ भदौ । मंकीपक्सका कारण कङ्गोमा ५७० जनाको मृत्यु भएको छ । मंकीपक्स प्रकोपलाई महाद्वीपीय आपत्काल घोषणा गरिएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्यमन्त्री रोजर कम्बाले देशमा १६ हजार सात सय जनामा सङ्क्रमण देखिएको र त्यसमध्ये ५७० जनाको मृत्यु भइसकेको बताए । भाइरसबाट धेरै सङ्क्रमित हुनेमा युवाहरू छन् ।

डिसेम्बर २०२२ मा कङ्गोले राष्ट्रिय प्रकोप घोषणा गरेको थियो । यो रोगले १७ अफ्रिकी देशहरू र महाद्वीप बाहिरका अरू धेरैलाई असर गरेको छ । स्वास्थ्य मन्त्रीले सरकारको हस्तक्षेपले देशभित्र ठुलो मात्रामा फैलिनबाट रोक्न मद्दत गरेको बताउए ।

अफ्रिकी सङ्घको स्वास्थ्य एजेन्सीका अनुसार २०२४ मा रिपोर्ट गरिएको नयाँ मंकीपक्स मामिलाहरूको सङ्ख्या २०२३ को सोही अवधिको तुलनामा १६० प्रतिशतले वृद्धि भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *