भारत :

‘पीजीको इन्टर्नशीपमा रहेकी महिला डाक्टरको बलात्कार पछि हत्या’

भारत । कोलकत्ताको आरजी कर मेडिकल कलेजमा पोष्ट ग्राजुएट्स (पीजी) तहको इन्टर्नशीप गरिरहेकी एक महिला डाक्टरको शंकास्पद मृत्यु भएको छ । प्रारम्भिक जाँचपछि प्रहरीले उनको बलात्कारपछि हत्या भएको आशंका गरेको छ ।

आरजी मेडिकल कलेज सरकारी हो । सो कलेजको तेस्रो तल्लामा रहेको सेमिनार हलमा शुक्रबार विहानै ती महिला डाक्टरको विभत्स अवस्थामा शब भेटिएको थियो । महिला डाक्टरको आँखा, मुख र गुप्ताङ्गबाट रगत बहेको थियो भने ओठ, गर्धन, मुख, पेट तथा औलाहरुमा गम्भीर चोट थियो ।

कोलकत्ता पुलिसले बलात्कार पछि उनको हत्या भएको बताएको छ ।

घटनापछि मेडिकल विद्यार्थीहरु विरोधमा उत्रिएका छन्, उनीहरुको आन्दोलनमा भारतीय जनता पार्टी, कांग्रेस तथा बाम दलहरुको साथ रहेको छ ।

पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जीले घटनाको फास्ट ट्याकमा छानविन हुने र दोषी माथि फाँसीकै सजाय हुने बताएकी छन् ।
यता फेडरेसन अफ रेसिडेन्ट डाक्टर एसोसिएशनले केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डालाई घटनाको बारेमा पत्र लेख्दै २४ घण्टा भित्र एक्सन नलिए आन्दोलन थप चर्काउने र मेडिकल सेवा समेत बन्द गर्ने चेतावनी दिएका छन् ।

यता कोलकत्ता पुलिसले हत्याको केस दर्ता गर्दै अनुसन्धानका लागि स्पेशल इन्वेस्टिगेशन टीम (एसआईटी) बनाएको छ । उसले शंकास्पद गतिविधिको आधारमा सञ्जय नामको एक व्यक्तिलाई नियन्त्रणमा लिएको बताएको छ । यस्तै अघिल्लो राती महिला डाक्टरसंग रहेका ५ जना उनका साथीहरुलाई समेत सोधपुछ गरेको बताएको छ ।

इन्टर्नशीपमा रहेकी डाक्टर चेस्ट मेडिसिन डिपाटमेन्टमा पीजीका विद्यार्थी थिईन् । बिहिबार राती उनको डिउटी थियो ।

नाम उल्लेख नगर्ने सर्तमा एक जना डाक्टरले भने, ती महिला डाक्टर विहानी पख दुई बजे जुनियर्ससंग खाना खाएकी थिईन । त्यसपछि उनी सेमिनार रुममा गएकी थिईन । विहान त्यहि रुममा उनको शव विभत्स अवस्थामा भेटिएको थियो ।

आरजी मेडिकल कलेजका प्रिन्सिपल डा संदीन घोषले पोष्टमार्टम रिपोर्ट आएपछि महिला डाक्टरमाथि के भएको भन्ने बारेमा विस्तृत जानकारी आउने बताए । उनले अस्पताल व्यवस्थापनबाट तीन सदस्यीय छानविन कमिटी बनाएको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *