प्युठानमा एकै घरका ३ जनामा हैजा संक्रमण पुष्टि

64
Shares

काठमाडौँ, १८ साउन । प्युठानमा एकै घरका तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लाको गौमुखी गाउँपालिका–५ बस्ने ७१ वर्षीय लक्ष्मी कुमारी मल्ल, ३५ वर्षका मिन बहादुर मल्ल र १२ वर्षीय शिव कुमारी मल्ललाई हैजा पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख हरी प्रसाद जैसीले जानकारी दिए ।

जिल्ला अस्पताल प्युठानमा भएको परीक्षणमा हैजा पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जैसीले बताए । उनका अनुसार गौमुखीका ८ जना व्यक्तीमा झाडापखाला देखिएको र त्यसमध्ये ३ जनालाई हैजाको संक्रमण देखिएको हो ।

हैजाको संक्रमण देखिएका ३ सहित ५ जनाको जिल्ला अस्पतालमा र अन्यको गौमुखीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यसवर्ष साउन लागेसंगै हैजाको प्रकोप देखिएको र यो क्रम बढ्न सक्ने भन्दै विज्ञहरुले सचेत हुन आग्रह गरेका छन् ।

उमालेको पानी पिउने, बासी सडे गलेको खानेकुरा नखाने । झाडापखाला लागेमा तत्काल स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीको सम्पर्कमा जान समेत आग्रह गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *