वीर अस्पतालका लागि करार सेवामा १०० जना स्टाफ नर्स छनौट (सूची सहित)

काठमाडौँ,२८ जेठ । वीर अस्पतालमा करार सेवामा १०० जना स्टाफ नर्स (पाँचौँ तह) पदपूर्ति गर्न गत शनिबार लिइएको परीक्षाका नतिजा सार्वजनिक भएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको पदपूर्ति समितिले शनिबार लिएको लिखित परीक्षाको प्राप्तांकको आधारमा आइतबार १०० जना स्टाफ नर्स सिफारिस गर्ने निर्णय गरेको हो ।
समितिले सिफारिस गरिएका १०० बाहेक अरु २० जनाको नाम बैकल्पिक सूचीमा राखेको छ ।
यसपटक पदपूर्ति समितिले छनौटका लागि लिखित परीक्षा मात्रै लिएको थियो ।
हेर्नुहोस सिफारिस सूची
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



