वीर अस्पतालमा १०० जना नर्सका लागि रोजगारीको अवसर, एक साता भित्रै दरखास्त दिनु पर्ने

काठमाडौँ ११ जेठ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले करार सेवामा १०० जना नर्स पदपूर्ति गर्ने भएको छ । अस्पतालले आज एक सूचना जारी गर्दै योग्यता पुगेका ईच्छुक नर्सहरुले सात दिन भित्र दरखास्त दिन सक्ने बताएको छ ।

लिखित परीक्षाबाट नर्सको छनौट गरिने र सो परीक्षा आगामी २६ जेठका लागि तोकिएको अस्पतालले सूचनामा उल्लेख गरेको छ । यसैगरी अस्पतालले यो परीक्षामा २०८० मंसिर १ गते प्रकाशित सूचनाका आधारमा दरखास्त भरेका नर्सहरुले पनि सहभागि हुन सक्ने स्पष्ट पारेको छ ।

परीक्षाका फारम ६ सय रुपैयाँ तोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुल दरबन्दी अन्तर्गत लोके सेवा आयोगबाट स्थायी भई आएमा वा अस्पताललाई आवश्यक नभएमा भने अहिले छनौट भएका करारका नर्सहरु सेवाबाट हटनुपर्ने समेत अस्पतालले जनाएको छ ।

न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले नयाँ स्वास्थ्य मन्त्री प्रदीप यादवले पदवहालीको अवसरमा गरेको पहिलो निर्णय अनुसार अस्पतालमा जनशक्ति थप हुन लागेको बताए । उनले यसपटक परीक्षामा लिखित परीक्षामा मात्रै हुने र म्यारिटको आधारमा अगाडीका १०० जनाको छनौट हुने जानकारी दिए ।

यसअघि गत १ मंसिरमा आव्हान भई बीचमा स्थगित विज्ञापनमा १ हजार ३०० बढीले दरखास्त हालिसकेको अस्पतालले जनाएको छ ।

हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *