चिकित्सक लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ५५ प्रतिशत उत्तीर्ण

172
Shares

काठमाडौँ, ९ जेठ । नेपाल मेडिकल काउन्सिलले गत सोमबार देखि सञ्चालन गरेको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षामा ५४.६२ प्रतिशत उत्तीर्ण भएका छन् ।

काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवका अनुसार परीक्षा दिन एमबीबीएस तर्फ १ हजार ३७१ जनाले फामर भरे पनि परीक्षामा १ हजार ३५६ जना मात्रै सहभागी भएका थिए । उनीमध्ये ७५१ जना (५५.३८ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएका छन् ।

उनले एमबीबीएस तर्फ परीक्षामा १५ जना अनुपस्थित भएको र दुई जनाको वीथ हेल्डमा राखिएको बताए ।

यस्तै बीडीएस तर्फ ३०१ जनाले परीक्षाका लागि फारम भरे पनि २९९ जना मात्रै परीक्षामा सहभागी भएका थिए । ती मध्ये १५३ जना (५१.१७ प्रतिशत) उत्तीर्ण भएका छन् । काउन्सिलले वीडीएसमा दुई जना परीक्षामा अनुपस्थित रहेको जनाएको छ ।

परीक्षा गत सोमबारबाट आज (बुधबार) सम्म चलेको थियो ।

पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन् संस्थानमा कम्प्युटर विधिबाट भएको परीक्षा सकिएको केही समयमै नतिजा प्रकाशित हुने गर्दछ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नु होला ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *