एशियन फार्मास्युटिकल्सको भाल्परोट ५०० XR को केयुले गर्‍यो ‘बाईइक्युभ्यालेन्ट स्टडी’

इन्नोभेटर ब्राण्डसंग एशियनद्धारा उत्पादित औषधिमा देखियो समकक्षता

काठमाडौँ, ३० बैशाख ।  एशियन फर्मास्युटिकल्स प्रालिले डेढ वर्ष अघि उत्पादन गरि बजार पठाएको औषधि भाल्परोट ५०० XR र इन्नोभेटर ब्राण्डबीचको प्रभावकारिता तथा गुणस्तरमा समकक्षता पाइएको छ ।

काठमाडौँ विश्वविद्यालय (केयु) फार्मेसी विभागले सन् २०२३ मा गरेको ‘बाईइक्युभ्यालेन्स स्टडी’बाट इन्नोभेटर ब्राण्डसंग एशियनले उत्पादन गरेको औषधि भाल्परोट ५०० XR समकक्षता पाइएको हो ।

काठमाडौँ विश्वविद्यालय फार्मेसी विभागका सहप्रध्यापक रजनी शाक्यले सन् २०२३ मा गरेको स्टडीबाट एशियन र इन्नोभेटर ब्राण्डबीच औषधिको प्रभावकारिता तथा गुणस्तर मापन गर्दा उस्तै देखिएको बताईन् ।

वाईइक्युभ्यालेन्टका लागि केयुले १५ जना स्वस्थ व्यक्ति छनौट गरी औषधिको प्रभावकारिता परीक्षण गरेको थियो । ‘हामीले  हेल्दी भोलेन्टिरयलाई दुई समूह बनाएर एशियन र इन्नोभेटर ब्राण्डको औषधि हालियो र त्यसको प्रभावकारिता जाँच गरियो । सात दिनको अन्तरमा समूहहरुमा दुबै औषधि हालिएको थियो । नतिजामा कुनै फरक पन देखिएन,’ उनले भनिन् ।

यता एशियन फर्मास्युटिकल्सले केयुको अध्ययन् रिपोर्टलाई उदृत गर्दै आफ्ना औषधि कुनै पनि विदेशी फार्मास्युटिकल्स कम्पनीको औषधि बराबरा गुणस्तरीय रहेको भन्दै भाल्परोट ५०० XR (भाल्परोट र भाल्परिक एसिड) सर्वसुलभ मूल्यमा नेपालभर उपलव्ध भएको उल्लेख गरेको छ ।

रुपन्देहीमा फ्याक्ट्रि रहेको एशियन फर्मास्युटिकल्स २६ वर्ष देखि औषधि उत्पादन गरिरहेको छ ।

भाल्परोट ५०० एक्सआर मानसिक रोग त्यसमा पनि एक खालको छारे रोग लागेका व्यक्तिहरुलाइ दिईने गरिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *