२२ औँ स्थापना दिवस मनाउँदै न्याम्स, वीरसंग छुट्याउने बिषय विशेष चर्चामा

पदाधिकारी भन्छन्, 'अहिले नै वीर र न्याम्सलाई अलग गर्नु हतारो हुन्छ'

काठमाडौँ, २३ बैशाख । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को २२ औँ स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाइदै छ । प्रतिष्ठानले आफ्ना कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथि बनाई राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रमको आयोजना गर्दैछ ।

यहीबेला न्याम्स र वीर अस्पताल अलग्याउने विषयले तिब्रता पाएको छ । किनभने आजै पनि प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिले यहि विषयमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसंग छलफल राख्दैछ ।

स्थापनाको २२ बर्षमा प्रतिष्ठानले एमडी,एमएस र डिएम,एमसीएचसहित बिभिन्न विषयका ३ हजार २ सय ४६ दक्ष जनशक्ति उत्पादन गरेको जनाएको छ ।

चिकित्सा विज्ञानको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने, सर्वसाधारण जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा अध्ययन अनुसन्धानको क्षेत्रमा योगदान गर्ने उदेश्यले विसं २०५९ सालमा नेपाल सरकारले वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा स्तरोन्नती गरि शैक्षिक कार्यक्रम शुरु गरेको हो।

न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र कुमार बस्नेतका अनुसार हाल न्याम्समा १९ ओटा विषयमा एमडी/एमएस/एमडीएस अध्यापन हुने गरेको, डिएमरएमसीएचमा १५ ओटा विषयका कार्यक्रमहरु रहेका छन्।

त्यसैगरी नर्सिङमा तीनओटा स्नातक तहका कार्यक्रमहरु रहेका छन् भने विएस्सी एमआईटी, एमएस्सी एमआईटी तथा अप्टोमेट्रिक र एनेस्थेसिया असिस्टेन्ट जस्ता ६८ ओटा विभिन्न विषयमा शैक्षिक तथा फेलोसिप कार्यक्रम संचालन भइरहेको छ।

न्याम्सको स्थापना पछि स्नाकोत्तर लेभल एमडी/एमएस / एमडीएसमा १४ सय २१ जनाले अध्ययन गरिसकेका छन् भने १४ सय १९ जना नर्सिङबाट पासआउट भएका छन्।

त्यसैगरी डिएमरएमसीएचका १२१ जनाले अध्ययन गरिसकेका छन्। त्यसैगरी अन्य सर्टिफिकेट कोर्समा १ सय ८५ र अलाइड साइन्समा ६५ गरि ३ हजार २ सय ४६ क्वालिफाईड जनशक्ति उत्पादन भइसकेको उनले जानकारी दिए। त्यसैगरी १ सय ३६ जना विदेशी विद्यार्थी हरुले समेत न्याम्सबाट अध्ययन गरिसकेका छन्।

त्यसैगरी न्याम्सले यसै वर्ष देखि एमबीबीएसका कार्यक्रम समेत शुरु गर्ने लक्ष्य लिएको छ। सो कार्यक्रम संचालन गर्न आवश्‍यक अस्पताल, बिरामी र शिक्षक वीरमा नै रहेको भन्दै त्यसका लागि थप बेसिक साइन्सका केही शिक्षक र बेसिक साइन्सको भवन बनाएर अगाडि बढ्ने योजना बनाएको उपकुलपति डा बस्नेतले बाताए।

तर यहि बेला न्याम्स र वीरलाई अलग गर्ने मुद्धाले चर्चा पाएको छ । न्याम्सका पदाधिकारीहरु भने अहिले यो मुद्धा उठाउँदा समस्या बढ्ने बताएका छन् ।

‘यति धेरै कार्यक्रम एउटा लयमा चलि रहेको छ तर अब एक्कासी यी दुई संस्थालाई अलग गर्दा सेवा र शिक्षा दुबैमा असर पर्ने छ । न्याम्समा अध्ययन र अध्यापन गर्ने डाक्टर प्राध्यापकहरु वीरले दिने उपचार सेवामा रातदिन खटिने गरेका छन् र सेवा सुचारु छ । तर एक्कासी अलग उपचार सेवामा अफ्टेरो त पर्छ नै एकेडेमिक क्षेत्रमा पनि समस्या पर्छ,’ उपकुलपति प्राडा बस्नेतले भने ।

उनले दुवाकोट परियोजना सफल भएर एकेडेमिक कार्यक्रम उता हस्तान्तरण भएपछि भने महावौद्यको वीर अस्पताल र न्याम्स छुट्टिदा पनि केही नहुने बताए । अहिले होइन केही तयारी भएपछि छुटिएको राम्रो उनले भने ।

त्यसो त वीर अस्पताल नेपालको सबैभन्दा पुरानो तथा ठूलो अस्पताल मध्येको एक हो।

विसं १९४७ श्रावण १२ गते वीर शम्शेरको पहलमा १५ शैयाबाट सुरु गरिएको अस्पतालबाट सन् १९३३ मा नेपाल कै पहिलो मेडिकल शिक्षा दिने सिभिल मेडिकल स्कुलको शुरुवात गरी ड्रेसर र कम्पाउन्डरको तालिम शुरु गरिएको थियो।

पछि नर्सिङ शिक्षाको अध्यापन पनि शुरु गरिएको थियो। अस्पताललाई सन् १९८७ मा बेलायतको रोयल कलेजले एफआरसीएस, एमआरसीपीरएमआरसीओजी शिक्षाका लागि दक्षिण एशियाको केन्द्रको रुपमा मान्यता दिएको थियो।

त्यस्तै सन् १९९४ मा पोष्ट ग्राजुयसन मेडिकल एजुकेशन कोअर्डिनेसन कमिटी ९पीजीएमईसीसी० मार्फत पोष्ट ग्राजुयसन एजुकेशन एमडीरएमएसको अध्ययन पनि शुरु भएको थियो।

यसरी प्रतिष्ठानको रुपमा कार्यरत वीर अस्पताललाई विस २०६३ सालमा नेपाल सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन नै जारी गरेर विभिन्न शैक्षिक कार्यक्रमहरु (एमडी/एमएस) का साथै चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा आधारित अनुसन्धानमूलक शैक्षिक गतिविधिहरु निरन्तर रुपमा संचालन गर्दै आइरहेको छ।

न्याम्सले वीरसहित मुलुकका ठुला असपतालहरुलाई समेत साथमा लिएर एमडीरएमएसका विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आएको छ। जसमा बालरोगको लागि कान्ति अस्पताल, स्त्रीरोगको परोपकार प्रसूति अस्पताल, मानसिकको लागि पाटन अस्पताल, सिभिल अस्पताल, मुटुरोगको लागि गंगालाल सहित उपत्यका बाहिरका विभिन्न अस्पतालहरुमा समेत शैक्षिक कार्यक्रम संचालन भइरहेका छन्।

त्यसैगरी आँखारोगका स्नाकोत्तर कार्यक्रमहरु त्रिपुरेश्वर आँखा अस्पताल, तिलगंगा, भैरहवाको रणअंबिका र भरतपुरमा समेत कार्यक्रमहरु संचालनमा रहेका छन्।

वीर र न्याम्स छुट्याउने विषयले चर्चा पाइरहेका बेला आज हुने कार्यक्रममा यो विषयले विशेष चर्चा पाउने अनुमान गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *