डाक्टर उपाधी पाएका २८ जना नर्सलाई सम्मान (सूची सहित)

काठमाडौँ, ३० बैशाख । डाक्टर उपाधी पाएका २८ जना नर्स सम्मानित भएका छन् । नेपाल नर्सिङ संघले नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने २८ जना नर्सलाई सम्मान गरेको हो ।

काठमाडौँमा आज सुरु भएको १४ औँ राष्ट्रिय नर्सिङ सम्मेलन तथा अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
नेपालमा सन् २०१२ देखि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले नर्सिङ विषयमा विद्यावारिधि सुरु गरेको हो । त्यस यताको १२ वर्षमा २८ जना नर्सहरुले पीएचडी पुरा गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई सम्मान गरेका हुन् ।

त्यसअघि प्रधानमन्त्रीले संघका सदस्य एवं म्यानमारका लागि पूर्वराजदूत गुणलक्ष्मी श्रेष्ठ र विशेष सचिव बनेकी विजया केसीलाई समेत सम्मान गरेका थिए ।

यी हुन् डाक्टर उपाधी पाएका नर्सहरु

डा सरला श्रेष्ठ, डा सरला जोशी , डा तारा शाह, डा नर्वदा थापा, डा अर्चना पाण्डे, डा मुना शर्मा, डा रोजी श्रेष्ठ, डा कल्पना पौडेल, डा कल्पना पौडेल शर्मा, डा तुमला श्रेष्ठ, डा रेखा तिमल्सेना, डा विमला पन्थी, डा लक्ष्मी तामाङ रहेका छन् ।

यसैगरी डा लक्ष्मी ठाकुर, डा सरस्वती शर्मा, डा सुशीला भण्डारी, डा कुन्ता पुन, डा शर्मिला श्रेष्ठ, डा सम्झना सुवेदी, डा रिना श्रेष्ठ, डा साबित्री सापकोटा, डा सितल गौतम, डा सुशीला पौडेल, डा देवका आचार्यलाई पनि प्रधानमन्त्रीले सम्मान गरेका हुन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

2 thoughts on “डाक्टर उपाधी पाएका २८ जना नर्सलाई सम्मान (सूची सहित)

  1. I am so much proud to be a Nurse and practicing my profession faithfully as far as to my knowledge. I am teaching my students, who are my future nurses too, how to be a responsible nurse and how to become accountable to our society. I am a PhD graduate Nurse, working in a west part of Nepal, in Tansen, Palpa. Though; I do not come often to the Nursing Association of Nepal office, Lazimpat, Kathmandu, I love and support NAN very much. I feel that through NAN we can get our professional recognition, NAN helps in our professional growth and development. That is what I teach my future nurses too. I am very much involved with NAN Palpa Branch, we work hard together to make our existence as nurse. On IND 2024, with the given theme “Our Nurses. Our Future. The economic power of care”, I was highlighting the theme with my presentation to our future. While my professional organization NAN was celebrating prestigious moment in KTM, all PhD holders my senior madam, colleagues and my beloved juniors were receiving “the most prestigious certificate of acknowledgement” by our honorable Prime -minister Mr. Pushpa Kamal Dahal. Oh! I was wishing I was there, because I am also worthy of that prestigious acknowledge certificate, but how and why did I missed it? What happened to the modern era communication technology? Now! As I reflect back the IND theme “Our Nurse”. “Our Future” I feel what examples are we giving to our future Nurses?

Leave a Reply

Your email address will not be published. Required fields are marked *