औषधिमा आत्मनिर्भर हुने तथा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने सरकारको नीति

240
Shares

काठमाडौँ, १ जेठ । सरकारले नेपाललाई औषधिमा आत्मनिर्भर हुने नीति लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।

‘औषधि लगायतका अत्यावश्यक वस्तुमा आत्मनिर्भर हुने गरी उद्योगको क्षमता अभिवृद्धि गर्नका साथै निजी क्षेत्रलाई प्रोत्साहित गरिने छ,’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने।

उनले आधारभूत आयुर्वेद औषधिको उत्पादनमा पनि आत्मनिर्भर हासिल गरिने बताए ।

सरकारले हरेक वर्ष नीति तथा कार्यक्रममा औषधिमा आत्मनिर्भरताको कुरा उल्लेख गर्ने भए पनि व्यवहारमा भने त्यस्तो नदेखिएको व्यवसायीहरु बताउने गरेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *