नयाँ स्वास्थ्य मन्त्रीको स्वागतमा स्वास्थ्य मन्त्रालयमा लामवद्ध कर्मचारी (फोटो फिचर)

काठमाडौँ, ३१ बैशाख । उपेन्द्र यादवले राजिनामा दिएपछि आज विहान रिक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रीको कुर्सी बेलुका प्रदीप यादव यादव आएर सम्हालेका छन् ।

जनता समाजवादी पार्टी नेपालको निर्णय अनुसार उपेन्द्रले आज विहान प्रधानमन्त्री समक्ष राजिनामा बुझाएका थिए । उनले राजिनामा बुझाए लगत्तै जसपा नेपालबाट विभाजित भई बनेको जनता समाजवादी पार्टीले स्वास्थ्य मन्त्रीमा प्रदीप यादवलाई पठाउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार यादव बेलुका ७ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आएर कार्यभार सम्हालेका थिए । उनीसंगै स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त हसिना खान पनि मन्त्रालयमा आएर पदवहाली गरेकी छन् ।

नयाँ मन्त्री आउने भएपछि स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरु मन्त्रालय परिसरमा लामवद्ध भएर स्वागतका लागि पर्खिरहेका थिए । बेलुका ढिलाई हुने भएकोले महाशाखा प्रमुख, अस्पताल प्रमुखहरु मात्रै स्वागतका लागि बसेका थिए ।

त्यसो त नयाँ मन्त्री आउँदा कर्मचारीहरु लामवद्ध भएर स्वागत गर्ने पुरानो चलन हो । यसपटक पनि स्वास्थ्य मन्त्रालयमा सोही दृश्य देखियो ।

हेर्नुहोस् स्वागतका लागि लामवद्ध कर्मचारीहरु

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “नयाँ स्वास्थ्य मन्त्रीको स्वागतमा स्वास्थ्य मन्त्रालयमा लामवद्ध कर्मचारी (फोटो फिचर)

  1. राणा शासन मा चाकरी को तरिका सायद यस्तै थ्यो होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *