निःशुल्क थाइराइड तथा मधुमेह परीक्षण शिविर सम्पन्न

148
Shares

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघ र लायन्स क्लब अफ भक्तपुर दरबार स्क्वायरको संयुक्त आयोजनामा शनिबार निःशुल्क थाइराइड तथा मधुमेह परीक्षण शिविर सम्पन्न भएको छ ।

क्लिनिक प्लस वानको प्राविधिक सहयोगमा निःशुल्क थाइराइड तथा मधमेह परीक्षण शिविर सञ्चालन गरिएको हो ।

भक्तपुर नगरपालिकास्थित रामदेवी कम्प्लेक्समा रहेको क्लिनिक प्लस वानमा भएको शिविरमा १४७ जनाले थाइराइड तथा मधुमेह परीक्षण गराएका थिए । शिविरमा परीक्षण गराएकाहरुलाई चिकित्सकले रिपोर्ट हेरी आवश्यक परामर्श समेत दिएका थिए ।

आयोजक संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले संघले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत समय समयमा विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्दै आएको जानकारी दिँदै त्यसकै निरन्तरता स्वरुप निःशुल्क थाइराइड तथा मधुमेह परीक्षण शिविर आयोजना गरेको बताइन् ।

उनले आगामी दिनमा पनि संघले अन्य स्वास्थ्य परीक्षणका कार्यक्रमहरु गर्दै जाने बताइन् ।

बेलैमा मधुमेह नियन्त्रणमा राख्न नसकेको खण्डमा यसले शरीरका अंगहरु जस्तै आँखा, मुटु, मृगौला, दिमाग र रगत तथा स्नायुका नसाहरुमा नराम्रो असर गर्ने र थाइराइडले पनि स्वास्थ्यमा गम्भीर असर गर्ने भएकोले निःशुल्क थाइराइड तथा मधुमेह परीक्षण कार्यक्रम राखिएको उनको भनाइ छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *