माइतीघर मण्डलामा अनसनरत डा. डिल्ली हरिजन अस्पताल भर्ना

40
Shares

काठमाडौँ, २० साउन । दुई दिन अघि काठमाडौँको माइतीघर मण्डला आमरण अनसन सुरु गरेका इन्टर्न डाक्टर डिल्ली हरिजनलाई अस्पताल भर्ना गरिएको छ ।

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई आज दिउसो राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको हो ।

अनसनका क्रममा अचानक स्वास्थ्यमा समस्या देखिएपछि सहकर्मी र उपस्थित व्यक्तिहरूले एम्बुलेन्समार्फत ट्रमा सेन्टर पुर्‍याएका हुन्।

अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्थाको परीक्षण र उपचार भइरहेको छ।

इन्टर्न चिकित्सकहरू विभिन्न माग राख्दै माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *