वीरमा आज देखि आन्द्रा सम्बन्धि रोगको साप्ताहिक ओपिडी

काठमाडौँ ३ बैशाख । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले आज देखि साप्ताहिक रुपमा आन्द्रा सम्बन्धि रोगको बहिरङ्ग (ओपिडी) सेवा सञ्चालनमा ल्याउन थालेको छ ।

अस्पतालको ग्याष्ट्रोइन्टेरोलोजी विभागले इन्फ्लामेटोरी बउल डिजिज (आन्द्रा सुनिने) अल्सरेटिव कोलाइटिस र क्रोन्स डिजिज जस्ता रोगको उपचार लागि बहिरङ्ग सेवा सञ्चालन गर्न थालेको हो ।

वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले आन्द्रा सुनिने अल्सरेटिव कोलाइटिस र क्रोन्स डिजिज जस्ता रोगको उपचारलाई प्रभावकारी बनाउने उद्देश्यले हप्तामा एक दिन सेवा सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।

वीरमा उक्त सेवा ग्याष्ट्रोइन्टेरोलोजि ओपिडीको कोठा नम्बर २३१ मा हरेक सोमबार दिउँसो एकदेखि तीन बजेसम्म सञ्चालन हुने डा पौडेलको भनाई छ । यो सेवाबाट लाभ लिन चाहने बिरामीहरुले ग्याष्ट्रोइन्टेरोलोजी विभागमा सम्पर्पक गर्न समेत उनले बताए ।

नयाँ सेवाबारे अस्पतालले गत ३० चैतमै सार्वजनिक सूचना मार्फत जानकारी गराएको जनाएको छ । त्यसबेला जारी सूचनामा अस्पतालका निर्देशक डा पौडेल र ग्याष्ट्रोइन्टेरोलोजी विभाग प्रमुख डा मुकेश शर्माले हस्ताक्षर गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *