स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनमा १० विधाको अवार्ड वितरण (सूची सहित)

काठमाडौँ, ३० चैत । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ शिखर सम्मेलनमा १० विदाको अवार्ड वितरण भएको छ । सम्मेलनको आज अन्तिम दिन समापन समारोहमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य सचिव डा रोशन पोखरेल र परिषद्का अध्यक्ष प्राडा गेहनाथ बरालले अवार्ड वितरण गरेका हुन् ।

कुल १० वटा अवार्ड मध्ये बेष्ट पेपर प्रिजेन्टेसन अवार्ड पोष्टर तर्फ प्रतिक्षा पौडेलले जितेकी छन् । सोही क्याटोगोरीमा ओरल तर्फको अवार्ड किरण आचार्यले जितेका छन् ।

जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल अवार्ड २०२३ गंगा जिसीले जितेकी छन् । यस्तै मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ (चिकित्सक) डा गम्भीर श्रेष्ठले जितेका छन् ।

मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ (परिषद् कर्मचारी) तर्फ प्रदीप बेल्बासेले जितेका छन् ।

यस्तै योङ हेल्थ रिसर्च अवार्डमा सुनील श्रेष्ठले बाजि मारेका छन् ।

यस्तै उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार –२०२४ डा आलोक आत्रेयले प्राप्त गरेका छन् ।

यस्तै एचएचआरसी वेस्ट सेक्सन अवार्ड इथिकल रिभ्यु इभ्यालुसन एण्ड मोनिटरिङ सेक्सनले जितेको छ ।

यस्तै एनएचआरसी बेष्ट परफर्म अवार्ड पुस्तकालयका चन्द्रभुषण यादवले जितेका छन् । लाइफ टाइम एचिभमेन्ट अवार्डबाट डा मृगेन्द्रराज पाण्डे सम्मानित भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *