ताइवान भूकम्पमा परि अहिलेसम्म नौ जनाको मृत्यु, एक हजार बढी घाइते

काठमाडौँ, २२ चैत । ताइवानको पूर्वी तटीय क्षेत्रमा हिजो विहान गएको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म नौ जनाको ज्यान गएको छ ।

स्थानीय समय अनुसार बुधबार बिहान ७ ५८ बजे गएको ७.४ रेक्टरस्केलको भूकम्प परि अहिलेसम्म १ हजार जना घाइते भएको र १०० बढी भत्किएका भवन तथा सुरुङमा फसेको बीबीसीले जनाएको छ ।

सरकारी अधिकारीहरुले जीनवेन र कीङ्गसुई रोड टनेलमा फसेका ७७ जनाको बिहिबार विहान जिवितै उद्धार गरेको जनाएका छन् ।

ताइवानको ख्वालिएन सहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ।

सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७।६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा २,४०० व्यक्तिको ज्यान गएको थियो।

ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन्।

भूकम्पका कारण पहाडी भेगमा ठाउँठाउँमा पहिरो गएको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *