‘आइरन लङ’ के हो ? यसले कसरी काम गर्छ ?

एजेन्सी । सात दशकसम्म ‘आइरन लङ’ नामक विशेष उपकरणमा बसेर जीवन बिताएका एक व्यक्तिको हालै मृत्यु भएको छ।

अमेरिकाको टेक्सस राज्यका पोल एलेक्जान्डरलाई छ वर्षको उमेरमा पोलियो रोग लागेको थियो।

पोलियो बिग्रिँदै गएर उनको श्वासप्रश्वास प्रणालीमा समस्या देखा परेपछि सास फेर्न सक्षम बनाउने उनलाई उक्त चिकित्सकीय उपकरणमा राखिएको थियो। त्यसपछि उनी आजीवन त्यसमै रहे।

पोलियो रोगविरुद्ध खोप आविष्कार हुनुअघिसम्म यो यन्त्र धेरै प्रचलनमा थियो र यसका कारण हजारौँ मानिसको ज्यान बचेको थियो।

अठहत्तर वर्षे पोलको मृत्यु भएको दुई साता बितिसके पनि यो उपकरणबारे अझै चर्चा भइरहेको छ।

के हो त आइरन लङ ?

यो एउटा आइरन लङ हो । सन् १९२७ मा निर्मित यो यन्त्रले श्वासप्रश्वास प्रणालीका बिरामीको उपचारमा क्रान्ति ल्यायो । विसौं शताब्दीको सुरु तिर युरोप र उत्तर अमेरिकामा पोलियोको प्रकोप फैलिएको थियो ।

किनभने पोलियो बिग्रँदा मांसपेशीको पक्षघात भई मेरुदण्डमा असर पर्दथ्यो । त्यसपछि सास फेर्न नसकेर बिरामीहरुको मृत्यु हुन्थ्यो ।

आइरन लङ  धातुबाट बनेको हावा नपस्ने भाँडो हो ।

यसमा शरीरलाई राखेपछि मांसपेशी नचले पनि फोक्सोले काम गर्न थाल्छ ।

यसमा भएका ढुंग्रीले सिलिन्डरमा हावाको चाप फेरिदिन्छन् । तिनले हावा तान्दा फोक्सो फुल्छ र सास तान्न बाटो खुल्छ । फेरी च्याम्बरमा सास तान्दा फोक्सो खुम्चिन्छ ।

पहिलो पटक एउटी आठ बर्षे बालिकाको उपचारमा यो यन्त्र प्रयोग गरिएको थियो । मानिसको ज्यान बचाउन सके पनि यसका केही सीमितता थिए ।

बिरामीलाई निरन्तर स्याहार चाहिन्छ अनि उनीहरुको सो यन्त्रमै बस्नुपर्छ । हिँडडुल गर्न नसक्ने भएकोले उनीहरुको जीवन शैली नै फरक हुन्छ ।

सन् १९५५ यता पोलियोको खोप प्रयोग हुन थालेपछि आइरन ल ङ आवश्यक परेन ।

अहिले अमेरिकाका ९२.५ प्रतिशत बालबालिका दुई वर्ष नपुग्दै यो खोप लगाउँछन् ।

तर आवश्यक परेको बेलामा यो यन्त्रले हजारौँ मानिसलाई बचाएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *