विदेश :

बंगलादेश सरकार इन्टर्न तथा ट्रेनि डाक्टरको भत्ता बढाउन सकारात्मक, ५ दिन देखिको आन्दोलन फिर्ता

बंगलादेशमा पीजी ट्रेनि डाक्टर र इन्टर्नले कति पाउँछन् भत्ता ?

ढाका, १६ चैत । स्वास्थ्य मन्त्री डा. सामान्तलाल सेनले भत्ता बढाउने आश्वासन दिएपछि पोष्ट् ग्राजुएट्सका ट्रेनि र इन्टर्नहरुको पाँच दिन देखि जारी आन्दोलन फिर्ता भएको छ । उनीहरु बिहिबार देखि नै काममा फर्किएका छन् ।

त्यसअघि पोष्ट ग्राजुएट्स प्राइभेट ट्रेनिज डाक्टर एसोसिएनका प्रतिनिधि र स्वास्थ्यमन्त्री डा. सेनबीच शेख हसिना नेशनल इन्स्टिच्युट अफ बर्न एण्ड प्लाष्टिक सर्जरीमा बार्ता भएको थियो । मागका विषयमा सरकार सकारात्मक पाएपछि आन्दोलन फिर्ता लिइएको बार्तामा सहभागी चिकित्सकहरुले बताएका छन् ।

बार्तापछि स्वास्थ्य मन्त्री डा सेनले पनि डाक्टरहरुको भत्ता बृद्धिको माग तार्किक भएको र आफु त्यो मागसंग सहमत भएको बताएका थिए । ‘अहिलेको बजारको परिप्रेक्ष्यमा पारिश्रमिक नबढाइए उनीहरुलाई बाँच्न मुस्किल हुनेछ । अर्को कुरा उनीहरु अस्पताल सञ्चालन गर्ने मुख्य चालकदल हुन् त्यसैले पनि उनीहरुको मागका बारेमा म सुरु देखि नै सकारात्मक थिएँ,’ मन्त्री डा सेनले भने ।

उनले डाक्टरका मागका विषयमा प्रधानमन्त्री शेख हसिनासंग कुरा गरेको र प्रधानमन्त्री समेत सकारात्मक भएपछि आफू आन्दोलनरत डाक्टरसंग छलफलमा बसेको बताए । ‘प्रधानमन्त्री दयालु हुनुहुन्छ । डाक्टरको मागको विषयमा मैले कुरा बुझाएपछि उहाँले तत्काल पुरा हुने आश्वासन दिदै काम फर्किने बातावरण मिलाउन मलाई निर्देशन दिनु भयो । त्यहि अनुसार मैले आन्दोलनरत पक्षसंग कुराकानी गरेँ र काममा फर्किने बातावरण बनाएँ’ मन्त्री डा. सेनले भने ।

आन्दोलनरत चिकित्सकले पोष्ट ग्राजुएट ट्रेनि डाक्टरको भत्ता २५ हजार टाँकाबाट बढाएर ५० हजार टाँका बनाउनु पर्ने माग राखेका छन् । यस्तै पाँच वर्षे एमबीबीएस पछि इन्टर्नको रुपमा काम गर्दा दिइने भत्ता १५ हजार टाँकाबाट बढाएर ३० हजार पुरयाउनुपर्ने माग राखेका थिए ।

उनीहरुले गत पाँच दिन देखि सेवा बहिस्कार गरि आन्दोलनमा उत्रिएका थिए । मन्त्री ज्यूले इद पछि छिट्टै नै हामीले उठाएको माग कार्यान्वयनमा ल्याउने आश्वासन दिनु भएको छ । तर भत्ता कति बढ्छ भनेर चाहि भनिएको छैन । हामीले मन्त्री ज्यूको कुरालाई विश्वास गरेर आन्दोलनबाट फिर्ता भएका हौँ । पीजीका ट्रेनि डाक्टर हबिबुर रहमान सोहागले भने ।

बंगलादेशमा ५ बर्ष एमबीबीएस कोर्ष पुरा गरी इन्टर्नको रुपमा २००० जनाले र पीजी ट्रेनि डाक्टरको रुपमा ८००० जनाले विभिन्न अस्पतालमा सेवा दिइरहेको बताइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *