बेलायतकी राजकुमारी केटलाई क्यान्सर

लण्डन । बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर देखिएको छ । उनको अहिले उपचार चलिरहेको छ । चिकित्सकहरुले उनको सुरुवाती चरणको उपचार सुरु भएको बताएका छन् ।

४२ बर्षीया राजकुमारी केटले पनि शुक्रबार एक भिडियो सन्देश जारी गर्दै आफूलाई क्यान्सर भएको र उपचार चलिरहेको बताएकी छन् ।

उनले भनेकी छन, ‘केही महिना मेरो लागि अविश्वनीय कठिन महिना थियो र ठूलो झड्का पनि । लगत्तै उनले सकारात्मक सन्देश दिदै भनिन् म ठीक छु र दिन प्रतिदिन बलियो हुँदै गएको छु ।’

प्रिन्सेज अफ वेल्सबाट जारी भिडियो सन्देशमा गत जनवरीमा उनको पेटको सर्जरी भएको उल्लेख छ । सर्जरी अघि उनीमा क्यान्सर भएको थाहा थिएन तर सर्जरी पछि भएको बायोप्सीबाट उनमा क्यान्सर पुष्टि भएको थियो ।

राजकुमारी केटले भनेकि छन, ‘मेरो सर्जरी पछि गरिएको प्रयोगशाला परीक्षणबाट थाहा भयो कि मलाई क्यान्सर भएको थियो । मलाई मेरो मेडिकल टिमले किमो थेरापी कोर्ष लिन सुझाव दियो र अहिले म सुरुवाती चरणको उपचार गराईरहेकी छु ।’

प्रिसेंस अफ वेल्सले राजकुमारी केटको केमोथेरापी फेब्रअरी महिनाको अन्तिमबाट सुरु भएको बताएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *