बेलायतकी राजकुमारी केटलाई क्यान्सर

480
Shares

लण्डन । बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर देखिएको छ । उनको अहिले उपचार चलिरहेको छ । चिकित्सकहरुले उनको सुरुवाती चरणको उपचार सुरु भएको बताएका छन् ।

४२ बर्षीया राजकुमारी केटले पनि शुक्रबार एक भिडियो सन्देश जारी गर्दै आफूलाई क्यान्सर भएको र उपचार चलिरहेको बताएकी छन् ।

उनले भनेकी छन, ‘केही महिना मेरो लागि अविश्वनीय कठिन महिना थियो र ठूलो झड्का पनि । लगत्तै उनले सकारात्मक सन्देश दिदै भनिन् म ठीक छु र दिन प्रतिदिन बलियो हुँदै गएको छु ।’

प्रिन्सेज अफ वेल्सबाट जारी भिडियो सन्देशमा गत जनवरीमा उनको पेटको सर्जरी भएको उल्लेख छ । सर्जरी अघि उनीमा क्यान्सर भएको थाहा थिएन तर सर्जरी पछि भएको बायोप्सीबाट उनमा क्यान्सर पुष्टि भएको थियो ।

राजकुमारी केटले भनेकि छन, ‘मेरो सर्जरी पछि गरिएको प्रयोगशाला परीक्षणबाट थाहा भयो कि मलाई क्यान्सर भएको थियो । मलाई मेरो मेडिकल टिमले किमो थेरापी कोर्ष लिन सुझाव दियो र अहिले म सुरुवाती चरणको उपचार गराईरहेकी छु ।’

प्रिसेंस अफ वेल्सले राजकुमारी केटको केमोथेरापी फेब्रअरी महिनाको अन्तिमबाट सुरु भएको बताएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *